शनिबारदेखि देशव्यापी सुरु गर्न गइरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’बारे जानकारी दिन काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुसँगको कुराकानीमा पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् ।
उनले देशमा पछिल्लो चरणमा जनताले विचार र सिद्धान्त नचाहेको, विकास र सुविधा मात्र चाहेको भन्ने भाष्यलाई जबर्जस्त अगाडि सार्न खोजिएको विषयलाई अभियानले खारेज गर्ने बताए । सही विचार र सिद्धान्त बिना देशको विकास र नागरिकले सुविधा प्राप्त गर्न नसक्ने बताउँदै उनले मुलुककै स्वाधीनतामाथि खेलवाड गर्ने तहका गतिविधि भइरहेको बताए ।
जनयुद्धकालमा झैं धर्ती थर्किेने किसिमका संघर्ष र अभियान चलाएर मातृभूमिको रक्षा गर्नुपर्ने दिन सबैसामू आइसकेको उनको भनाइ छ । ‘अहिले मातृभूमि रक्षाको सवाल अगाडि आइसकेको छ, फेरि एकपटक जनयुद्ध र जनआन्दोलन जसरी धर्ती थर्किने तहबाट रुपान्तरण र जनतासँगको सम्बन्ध विकास गर्ने अभियान जरुरी भइरहेको छ’ उनले भने, ‘त्यसैले नै माओवादी केन्द्रले अहिलेको अभियान सुरु गर्न लागेको हो ।’
अभियानका लागि देशभर नेतृत्वको टुंगो लगाइसकेको र हरेक जनताका घरमा पु्गेर जनताको प्रश्न र गुनासो सुन्ने काम गरिने उनले बताए । ‘जनताका कुनैपनि घर छोडिने छैन, अध्यक्ष प्रचण्ड भोलि बिहान ९ बजे काठमाडौंबाट भर्चुअल माध्यमबाट अभियानकाे उद्घाटन गर्नुहुनेछ, त्यसपति उहाँ आफैं दिउँसाे १ बजे चन्द्रगिरि नगरपालिकाको वडा नं. २ मा पुगेर जनताका कुरा सुन्नेछन् ।’
अभियनमा तोकिएका नेता खटेका नखटेका बारे निगरानी गर्न विशेष टोली समेत बनाइसकिएको र नेता कार्यकर्ता देश रक्षाका लागि बलिदानी भावसाथ अभियानमा सरिक हुने उनको भनाइ छ । ‘यसपटक नेता कार्यकर्ता अबका आन्दोलन वा अभियानमा आवश्यक परे बलिदान दिने भावका साथ मैदानमा निस्क्निेछन्’ उनले भने, ‘सम्मानीय प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नै आवश्यक परे बलिदान दिन तयार भएर लागिरहेकाे छु भन्नुभएकाे छ । उहाँले त्यही ढंगले सरकारका कामलाई बढाइरहनु भएकाे सबैले देखेकै छन् । ’
प्रदर्शनीको उद्घाटनपछि मन्त्री बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले स्टलहरुको अवलोधन गरेका छन् । माओवादी केन्द्रसमेत सम्मिलित समाजवादी माेर्चाले देशभर एमसीसी सम्झाैताविरूद्ध हुने किसिमका सन्देश दिइरहेकाे छ ।
यस्तै, संचारकर्मीहरुको जिज्ञासामा सापकोटाले हालै भएको चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समेटिएकोबारे प्रधानमन्त्री प्रचण्डले अब हुने चीन भ्रमणमा कुरा उठाउने बताए ।
रूपान्तरण अभियानमा कुन नेता कुन क्षेत्रमा खटिए ? सूची हेर्नुस्:
