महानगर प्रहरी बलको ३१औं वाषिकोत्सकको अवसरमा बिहीबार काठमाडौंमा सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै महानिरीक्षक अर्यालले महानगर प्रहरीको काम सराहनीय रहेको र आगामी दिनमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा उनले महानगर प्रहरीले महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन निरन्तर लागिरहेको र यसबाट आफूलाई गौरव महसुस भएको बताए । उनले महानगरले सक्षम नेतृत्वका कारण निरन्तर रुपमा जनताको पक्ष र समाजको पक्षमा काम गर्न सकेको बताए ।
महानगर प्रहरीको कामलाई आफूले नजिकबाट हेरिरहेको र नेतृत्वको दूर दृष्टिले महानगरको अवस्थामा सुधार आएको उनको भनाइ थियो । महानगरको आगामी दिन सफल र सुखदका लागि उनले शुभकामना दिए ।
