एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोलीएसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।