Saturday, June 28, 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नैतिक संकट परेको जनाउँदै आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज दिउँसो बालेन बेइजिङतर्फ जाने कार्यक्रम तय भएको थियो ।

ताजा / भरखरै प्राप्त

चीन सरकारको चीनको प्राकृतिक स्रोत मन्त्रालयले तीन दिन पहिले मात्र आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग समेटेको थिएन । नेपालकाे लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतीय भूभागमै समेटेकाे छ । बरु भारतको अरुणाचल लगायत दक्षिणी महासागरको केही भाग चीनको भूभागभित्र पारिएको थियो ।

नेपालले चुच्चे नक्सामा समेटेको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्साको सट्टा पुरानै नक्सा राखेर चीनले नेपालको स्वाधीनता अस्वीकार गरेको साहको निष्कर्ष छ । नयाँ चिनियाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर साहले आजको भ्रमण रद्द गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नेपाल सरकारले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको राजनीतिक नक्सा संसदबाट पारित गरेको थियो । उक्त नक्सा पाठ्यक्रम, सरकारी कार्यालय, कागजपत्रमा प्रयोग गरिँदै आएको छ ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’ सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन् ।

यसअघि भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो राजनीतिक नक्सामा समेटेर गत वर्ष नयाँ नक्सा जारी गरेपछि नेपालभित्र भारत सरकारविरुद्ध असन्तुष्ट बढिरहेकाे छ । मेयर साहले त त्यही बेला नेपालको ग्रेटर नेपाल ताकाका नक्सा नै आफ्नो कार्यकक्षमा राखेका छन् । ग्रेटर नेपाल (बृहत नेपाल)मा पूर्वमा टिष्ट र पश्चिममा काँगडा (लिम्पियाधुराभन्दा पर)सम्म नेपालको भूभागको रुपमा समेटिएको छ ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
महानगर प्रहरीको बर्दीको सम्मान गर्न सिकाैं : उपप्रमुख डंगोल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles