Monday, April 21, 2025

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा चौतर्फी आक्रमण भएको बताएका छन् । देशमाथिको आक्रमण कांग्रेसमाथिको आक्रमण भएको भन्दै नेता कोइरालाले यस्ता आक्रमण रोक्न पहिले कांग्रेस एक हुनुपर्ने र देश बचाउन नेतृत्व लिनुपर्ने बताएका छन् । उनले देशमाथि भइरहेका आक्रमणलाई सामान्य नदेख्न दलहरुलाई आग्रह गरेका छन् ।

ताजा / भरखरै प्राप्त

शुक्रबार दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता कोइरालाले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । कोइरालाले देशको आर्थिक, धार्मिक क्षेत्रमा, सांस्कृतिक र कूटनीतिक क्षेत्रमा आक्रमण भइरहेको बताए । उनले धार्मिक सहिष्णुता र संस्कृतिमाथिको आक्रमण निकै गम्भीर भएको बताए ।

उनले नेपाललाई असफल बनाएर आफ्ना स्वार्थसिद्ध गर्नका लागि देशका मुलभूत क्षेत्रलाई तहसनहस बनाउने कार्यमा नेपालीहरु नै प्रयोग भइरहेको बताए । अहिले कुनै पनि कुरा ठीक देखिएका छैनन् । यी कुरालाई ठीक बनाउन सक्ने भनेको कांग्रेसले हो । कांग्रेसले नै नेतृत्व लिनुपर्छ, उनले भने । यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तबसम्म कठिन हुने उनको भनाइ छ ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा भन्दै कोइरालाले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ । उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था छैन् । तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्छ ।’

तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा कोइरालाले सुझाव दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता भएको बताए ।

जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाए ।

नेपाली कांग्रेस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles