Sunday, April 20, 2025

मेजर विमल पण्डित अझै बेपत्तानेपाली सेनाको डोल्पाको दुनैस्थित नन्दबक्स गणअन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा खटिएका सेनानी विमल पण्डित आइतवार साँझदेखि बेपत्ता छन् । सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला परेका छैनन् । आइतबार उनी ब्यारेकबाट निस्केपछि सदरमुकाम दुनैको एटीएमबाट पैसा झिकेर भाडाको गाडीमा त्रिपुरासुन्दरी गएको बताइएको थियो । यता प्रहरीझैँ सेनाले पनि चारै तर्फबाट खोजीकार्य तीब्र पारेको छ । डोल्पा,रुकुम,जाजरकोट, कालिकोट,जुम्लाबाट सम्भावित ठाउँमा खोजी भएको छ । मेजर खोज्न गएको टोलीले महिलाको बेवारिसे लास फेला पारेको छ । माथिल्लो भेरीको किनारमा लाश फेला परेको हो ।मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट टोली परिचालित भए पनि हालसम्म फेला पर्न नसकेपछि सुरक्षाकर्मीको संख्या र खोजीको दायरा बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।‘उहाँ (मेजर पण्डित) को खोजी निरन्तर भइरहेको छ। तीनवटै सुरक्षा निकायबाट खोजीका लागि सुरक्षाकर्मी खटिएका छन्,’ प्रमुुख जिल्ला अधिकारी पोख्रेलले पर्दाफाससँग भने, ‘अहिलेसम्म कुनै प्रगति भएको छैन।’प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार मेजर पण्डितको जाजरकोटसम्म खोजी भएको थियो।यस्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनासहित आफूहरू फिल्डमा गएको बताए। प्रहरीका अनुसार उनले सो दिन मोबाइल बैंकिङबाट पैसाको कारोबार तथा परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ।सोही दिनदेखि हालसम्म उनको मोबाइलको स्वीच अफ छ।उनी त्रिपुराबाट हराएकाले त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र, भेरी नदी किनारतिर खोजी केन्द्रित गरिएको प्रहरीले जनाएको छ। मेजर पण्डितले लामो समयदेखि साइकियाट्रिकको औषधि सेवन गर्दै आएका र मापसे पनि राम्रैसँग गर्ने अधिकृतमा पर्छन् ।ब्यारेकबाट निस्किएका पण्डितले त्यसअघि काठमाडौँमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए ।

ताजा / भरखरै प्राप्त

Previous article
८ वर्षपछि खुल्यो सर्वसाधारणका लागि तातोपानी नाकातातोपानी,सिन्धुपाल्चोक — आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भाेटेकाेशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय काेदारीले शुक्रबारसम्म २ सय २७ निलाे रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘सुरुमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन् ,’ उनले भने ।लामाे समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएकाे छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।’आउजाउ भर्खर सुरु भएको छ । त्यसैले कम मानिसलाई प्रवेश अनुमति दिएका छौं ,खासाकाे छिट्टै सम्पन्न हुने पुनर्निर्माणपछि नेपाली पर्यटक लिपिङबाट सिधै न्यालम जान पाउने व्यवस्था गरिने छ,’ अध्यागमन कार्यालयका प्रमुख रविन्द्र पोखरेलले भने । सीमाबाट ३० किलोमिटर दुरीमा हिमाली बजार न्यालम रहेकाे छ ।यसअघि १५ जेठ २०७६ मा आयात र गएको वैशाख १८ देखि यो नाकाबाट निर्यात खुला भएको थियाे । नेपाल-चीनका अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र सीमाना लिपिङमा चरणबद्ध बैठक भएका थिए । भूकम्प र बाढीपहिरोले सीमा पुग्ने काेदारी राजमार्ग जीर्ण छ । काेराेना महामारीले लगभग तीन वर्ष आयात पनि अनियमित बनेकाे थियाे । सराेकारवाला सबैले तातोपानीबाट तिब्बतको कैलाशमान सराेवर जान पनि नेपाल सरकारमार्फत चीन सरकारसँग कूटनीतिक संवाद जारी राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले असाेज पहिलाे सातामा गर्ने चीन भ्रमणमा यसबारे कुरा हुने विश्वास गरिएको छ ।साभार।
Next article
भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो ग्यासको मूल्य, नेपाल उल्टै बढाइयोभारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।बुधवार भारतको मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी यपभोक्तालाई फाइदा हुने बताइएको छ ।तर नेपालमा भने उल्टो भएको छ । भारतबाटै ग्यास आयात गरी वितरण हुने भए पनि यहाँ बिहीबारबाट खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु २३५ ले बढाइएको छ ।नेपाल आयल निगमले बिहीबार रातिदेखि लागु हुने गरी उक्त मूल्यवृद्धि गरेपछि अब नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिण्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिण्डरको मूल्य १ हजार ६६० थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles