Sunday, April 20, 2025

संघीय राजधानी काठमाडौंबाट नजिकको एकमात्र चीनसँगको सिन्धुपाल्चोकको तातापानी नाकामा आजदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरेपनि सबै नेपालीले आउजाउ गर्न नपाइने भएका छन् ।

ताजा / भरखरै प्राप्त

तत्कालका लागि सिन्धुपाल्चोकबासीलाई मात्र चिनियाँ भूभागमा जान पाउने व्यवस्था भएको सांसद माधव सापकोटाले जानकारी दिएका छन् । सापकोटा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद हुन् । उनीसहितको टोलीलाई आज बिहान चिनियाँ पक्षले सीमा क्षेत्रको सीमा मितेर पुलमा स्वागत गरेको थियो ।

अहिलेका लागि सिन्धुपाल्चोकका बासिन्दालाई मात्र आउजाउका खुला गरिएको उनले बताए । उनीहरुका लागि नागरिकता अनिवार्य गरिएको छ र नागरिकता देखाएपछि चिनियाँ पक्षले एक वर्षे अवधिको पास दिने र सो आधारमा पारि जान र किनमेल गर्न दिइनेछ ।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि तीन महिना अघि मालवाहक सवारीसाधनलाई खुला गरिएपनि मानिस (पैदलयात्रु)लाई भने बल्ल आजबाट खुला गरिएको हो । अन्य जिल्लाका नागरिकलाई भने यसपछि दुई पक्षबीच छलफल गरेर मात्र दिइने बताइएको छ ।

Previous article
भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो ग्यासको मूल्य, नेपाल उल्टै बढाइयोभारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।बुधवार भारतको मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी यपभोक्तालाई फाइदा हुने बताइएको छ ।तर नेपालमा भने उल्टो भएको छ । भारतबाटै ग्यास आयात गरी वितरण हुने भए पनि यहाँ बिहीबारबाट खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु २३५ ले बढाइएको छ ।नेपाल आयल निगमले बिहीबार रातिदेखि लागु हुने गरी उक्त मूल्यवृद्धि गरेपछि अब नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिण्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिण्डरको मूल्य १ हजार ६६० थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles