Monday, June 30, 2025

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी) को सरुवा भएको छ । भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिएको छ ।

कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।

नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखा सरुवा गरिएको छ भने दाङका प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।

नेपाल प्रहरी

Previous article
Next article
स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउसिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले सिरहा नगरपालिका १७ माडर काली चोकबाट रकमसहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिरहा नगरपालिका १७ माडर बस्ने ५२ वर्षीय प्रेमकुमार यादव र सोही नगरपालिका ७ बस्ने ४२ वर्षीय सञ्जयकुमार साह रेहका छन् ।उनीहरुलाई प्रहरी चौकी खिरौना र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बीआर ७ सी ४२२४ नम्बरको हुन्डाइ स्यान्ट्रो कारमा भारतको जयनगरबाट नेपालतर्फ आइरहेका उनीहरुलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles