Monday, April 21, 2025

गैंडाको खागसहित ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

गैंडाको खागसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ रहेका प्रहरीले जनाएको छ ।संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट २ जनालाई पक्रेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार ती दुई जनाले दिएको बयानका आधारमा अरु २ जना पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

Previous article
नागरिकसँग सहकार्य गर्दै प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नु गर्नु पर्नेकाठमाण्डौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचङ्गुनारायण काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम नागार्जुन नगरपालिका वडा नं. ३ लिटल क्लाइम्वर्स स्कुलमा सुरू भएको थियो ।प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा नागरिकको अहम् भूमिका रहने भएकाले नागरिकसँग सहकार्य गर्दै प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने बताउनु भयो ।साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गरिने बताउँदै उहाँले कुनै पनि सामान्य घटनालाईसमेत प्रहरी सामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।आत्महत्या, लागु औषधको प्रयोग र साइवर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सामुदायिक स्तरमानै जन चेतना अभिवृद्दि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट प्रविधिको समेत यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो ।जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५५० जनाको उपस्थितिमा अं.२ बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
Next article
तस्करीकाे सामान राखेको गाेदाममा राजश्वकाे छापासर्लाही । सर्लाहीका नाकाहरूबाट खुलेयाम तस्करी भैरहेको छ भन्ने कुरा शनिबार राजश्व अनुसन्धान इकाई कार्यालय पथलैयाले छापा मारेर ठूलो परिमाणमा सामान बरामद गरेको घटनाले पुष्टि गरेको छ । सर्लाहीबाट तस्करी भैरहेको र तस्करीकाे सामान गाेदाम गरेको सुचना पाएपछि सन्तोष डिलर भनेर चिनिने सन्तोष साहकाे गाेदाममा राजश्वले छापा मारेको हो ।सीमामा सेटिङ मिलाएर , घुमुवाकाे स्कटिङमा ठूलो मात्रामा दाल , चामल , तेल , चिनी ,,जिरा , धनिया , काजु जस्ता धेरै सामानको तस्करी गर्दै आएका सन्तोष साहकाे हरिवाेन स्थित गाेदाममा राजश्वले छापा मारेको हो । उक्त गाेदाममा झन्डै ३ करोड बराबरको सामान राजश्वले छापा मारेर बरामद गरेको छ भने केही सामान हरिवन इप्रकामा राखेको छ। नक्कली दाल पिस्ने मेशिन समेत बरामद भएको थाहा भएको छ। झन्डै पाँच कराेड बराबरको तस्करीकाे सामान बरामद भएको राजश्व स्रोत बताउँछ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles