मधेसमा अनियमितता छानबिनका लागि ६ वर्षमा ५ समितिजनकपुर । मधेश प्रदेश सरकार स्थापनाको ६ वर्षमा आर्थिक अनियमितता छानबिनका लागि पाँचवटा संसदीय विशेष छानबिन समिति गठन भए । अहिलेसम्म उपभोक्ता समितिको भुक्तानीबाहेक छानबिन समितिको कुनै पनि प्रतिवेदन कार्यान्वयन भएन । कतिसम्म भने आर्थिक वर्षको अन्त्यमा बजेट रकमान्तर गरिनुका साथै स्थानीय तहलाई पठाएको ससर्त अनुदानमा समेत अनियमितता भयो । तर, छानबिनका लागि गठित संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले नै टेरेको छैन ।मधेश प्रदेशका मन्त्रीहरुले कार्यविधि उल्लंघन गरी रेडबुकमा उल्लेखित योजनाहरु र अनुदान रकमलाई आफू अनुकूल चलाएको भन्दै संसदीय विशेष समितिले छानबिन थालेको डेढ महिना भएको छ । बजेट अधिवेशन अन्त्य भएपछि गत असारमा विभिन्न कार्यालयमा १ करोड ३० लाख भन्दा बढी रकमान्तरण भएको थियो ।यसैगरी ससर्त अनुदानको १ अर्ब २५ करोडको योजना स्थानीय तहलाई पठाएको आरोपपछि छानबिन थालिएको हो । समितिको समय सीमा अब १५ दिन मात्र बाँकी रहेपनि अर्थ मन्त्रालयले टेरेकै छैन ।मन्त्रालयहरुले अनुदान वितरण र बजेट रकमान्तर गर्दा कार्यविभाजन नियमावली उल्लंघन गरेको पाइएपछि विशेष संसदीय छानबिन समितिले सचिवहरुलाई बैठकमै बोलाएर जवाफ मागेका थिए । सन्तोषजनक जवाफ बुझाउन समितिले सचिवहरुलाई निर्देशन दिएको १० दिन बितिसकेपनि मन्त्रालयहरुले आवश्यक कागजात अहिलेसम्म उपल्बध गराएका छैनन् ।सरकारलाई सही ठाउँमा ल्याउन प्रतिपक्षले सदनमा घेराबन्दी गर्ने र त्यसपछि छानबिन समिति गठन हुने तर कार्यान्वयन नहुने परिपाटी मधेश प्रदेशमा पुरानै हो । आर्थिक अनियमितता र वित्तिय अनुशासनमा मधेशले अपेक्षाकृत सफलता हात पार्न नसकेको अबस्थामा मन्त्रीहरु माथि संसदीय समिति मात्र नभई अख्तियारले समेत छानबिन थालेको हो ।प्रमुख प्रतिपक्षी एमालेको माग अनुसार दोस्रो कार्याकालको प्रथम अधिवेशनको अन्तिम दिन संसदीय समिति गठन भएको हो । आर्थिक वर्ष २०७९/८० मा रेडबुकमा उल्लेखित योजनाहरु कटौती गरी मन्त्रीहरुले आफु अनुकूल रकमान्तर गर्नुका साथै विशेष, समपूरक र ससर्त अनुदानमा अनियमितता गरेको आरोप माथि समितिले छानबिन गरिरहेको छ ।साभार।
Next article१४ वर्ष बित्दा पनि केन्द्रीय खेलकुद प्रतिष्ठानले पूर्वाधार पाएनमकवानपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न २०६६ सालमा हेटौंडामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालियो । राष्ट्रिय खेलकुद परिषद्ले पाँच वर्षभित्र २ अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको यो आयोजनाले बजेट नै पाएन । जसका कारण निर्माण थालेको १४ वर्ष बितिसक्दा पनि केन्द्रीय खेलकुद प्रतिष्ठानमा बन्द प्रशिक्षणका लागि पूर्वाधार तयार भएको छैन ।तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ साल जेठ २८ गते प्रतिष्ठानको सिलान्यास गरेका थिए । फुटबल, भलिबल, क्रिकेटका लागि मैदान, स्विमीङ पुल, गल्स एन्ड ब्वाइज होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने राखेपको योजना थियो । यो योजना पूरा गर्न सरकारले ८ वर्षमा ५ करोड बजेट छुट्यायो । यही बजेटबाट ब्वाइज होस्टल, कम्पाउन्ड वाल र गेट निर्माण गरियो ।मुलुकमा संघीय व्यवस्था लागु भएपछि बागमती प्रदेश सरकारले क्रमागत बजेटबाट फुटबल ग्राउन्ड, रनिङ ट्रयाक सिन्थेटिक, भिआईपी प्याराफिट र लाईटिङ गर्ने गरी ९० करोड रुपैयाँको लागत अनुमान तयार पारेको छ । १३ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई केसी-सप्तकोसी-ओमसाई जेभीले फुटबल ग्राउन्ड, रिटेनिङ वाल, रनिङ ट्रयाक र भिआईपी प्याराफिट निर्माणको काम गरिरेहको छ ।क्रिकेट मैदानका लागि ७१ करोड १९ लाख र स्विमिङ पुल निर्माणका लागि ५० करोड ३२ लाख रुपैयाँ लाग्ने अनुमानसहित डिपिआर तयार भएको छ । प्रदेश खेलकुद विकास परिषद्मार्फत खर्चगर्ने गरी यसवर्ष स्विमङ पुल निर्माण गर्न ३ करोड र क्रिकेट मैदान निर्माण गर्न ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा बन्ने विश्वास लिइएको यो प्रतिष्ठान निमार्णमा देखिएको सुस्तताले खेलाडी र खेल क्षेत्रका अगुवा भने चिन्तीत छन् ।गौरीटारमा कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिने बताइएको छ ।