Sunday, June 29, 2025

विभिन्न स्थानमा जुवातास खेलिरहेका १७ जना पक्राउ

ताजा / भरखरै प्राप्त

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँको टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँको कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-१४ घर भएका ५० वर्षीय पटक गम्बिर अधिकारीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

उता झापाको दमक नगरपालिका-२ बस्ने रोजन गहतराजको सुन पसलमा जुवातास खेलिरहेको अवस्थामा गहतराज समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ९ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Previous article
बर्दिया कारागारबाट एक कैदी फरारबर्दिया । बर्दिया कारागारबाट आइतबार बिहान कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री पेन्टी लगाएको अवस्थामा फरार भएको अनुसन्धानमा देखिएको बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराले जनाए । फरार भएको जानकारी पाउना साथ जिल्ला र सीमावर्ती नाकामा खोजतलासका लागि प्रहरी परिचालन गरिएको डीसपी बोहोराले जनाए ।२०७१ सालमा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउपछि बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए । अदालतले उनलाई ३० वर्षको कैदको फैसला गरेको थियो । बुढा क्षेत्रीले एक वर्ष जेल सजाय कटाइ सकेका छन् ।
Next article
एसिया कप : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्यएसिया कपअन्तर्गतको जारी खेलमा भारतले पाकिस्तानसामु २६७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पाल्केले स्टेडियममा भइरहेको खेलमा पाकिस्तानले भारतलाई ४८ दशमलव ५ ओभरमा अलआउट गरेको हो ।टस जितेर पहिला ब्याटिङ रोजेको भारतका सुरुवाती क्रमका ब्याटरलाई पाकिस्तानी बलरले सस्तैमा मैदानबाट बिदा गरे । हार्दिक पाण्डयेले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८७ रन प्रहार गरे ।आश गरेका ब्याटर मैदानबाट बाहिरिएपछि दबाबमा गएको खेललाई इशान किशान र पाण्डेयले खेललाई लयमा फर्काए । किशानले भने ८१ बलमा ९ चौकार १ छक्काको सहयोगमा ८२ रन जोडे । ओपनर तथा कप्तान रोहित शर्मा, अर्का ओपनर सुभम गिल, विराट कोल्ही र श्रीयस लयर जस्ता सुरुवाती क्रमका ब्याटरसाथै अन्यको प्रदर्शनले आज सम्झन लायक बनेन ।पाकिस्तानका लागि शहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिए । नसेम शाहले र हरिस रौफले समान ३-३ विकेट लिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles