Sunday, April 20, 2025

नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।

ताजा / भरखरै प्राप्त

तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम् पाँच वटा पुर्याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ ।

वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, सर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिक रूपमा व्यक्त गर्न नहुने जनाइएको छ ।

यसैगरी वायुसेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने प्रवृत्तिका गतिविधि एवं व्यावसायिक कार्य ‘जस्तै टुर एन्ड ट्राभल्स’ आदिमा संलग्न हुन नपाउने, वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा जिम्मेवार म्यानेजरले प्राधिकरणले दिने पाइलट तथा मर्मत सम्भारको तालिम लिएको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मत सम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था गरिएको छ । पाइलटले उडान बाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने जनाइएको छ ।

‘नो अब्जेक्सन लेटर’ पाप्त गरेको न्यूनतम् पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने, प्राधिकरणको स्वीकृति बिना कुनै पनि सरकारी स्वामित्व एवं निजी वायुसेवा कम्पनीले जिम्मेवार म्यानेजर र पोष्ट हाल्डर नियुक्त गर्न नपाउने, प्राधिकरणले वायुसेवा कम्पनीको अकाउन्टटेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गर्ने पनि उक्त दशौँ संशोधनमा उल्लेख गरिएको छ ।

नेपाल नागरिक उड्डयन
वायुसेवा कम्पनी

Previous article
Next article
भुटानमाथि नेपालको संघर्षपूर्ण जितनेपालले आईसीसी वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा आइतबार भुटानलाई हराउन संघर्ष गर्नु पर्‍यो । लगातार तेस्रो जितका लागि नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको हो ।जितका लागि ४० रनको लक्ष्य पाएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनायो । यो जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बलियो भएको छ । नेपालको छ अंक भएको छ । यसअघि नेपालले मलेसिया र बहराइनलाई पनि हराएको थियो ।मलेसियाको यूकेएम–वाईएसडी ओभल मैदानमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् र नटआउट रहिन् । उनले एक चौका प्रहार गरिन् । नेपालले १६ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो । कविता कुँवर, अस्मिता कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा आठ विकेट गुमाएर ३९ रन बनाएको थियो । त्यसमा कप्तान डिचेन वाङ्गमोले २१ रन बनाइन् र यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।डिचेनलले ४४ बलको सामना गर्दै एक चौका पनि प्रहार गरिन् । उनी बाहेक अरू बाटर कोहीले पनि दोहोरो अंक छुन सकेनन् । नेपाली बलरमध्ये पूजा महतोले तीन तथा कविता कुँवर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक एक विकेट लिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles