Sunday, June 29, 2025

पेप्सीकोलामा दुर्घटना अपडेट : १ सशस्त्र प्रहरीसहित २ जनाको मृत्यु, १२ घाइते

ताजा / भरखरै प्राप्त

काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ । अझै १२ जना घाइते रहेका छन् ।जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे पेप्सिकाेलास्थित छाप्राे भन्ने ठाउँमा ठोकिँदा दुर्घटना भएको थियो ।
दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Previous article
तस्करीकाे सामान राखेको गाेदाममा राजश्वकाे छापासर्लाही । सर्लाहीका नाकाहरूबाट खुलेयाम तस्करी भैरहेको छ भन्ने कुरा शनिबार राजश्व अनुसन्धान इकाई कार्यालय पथलैयाले छापा मारेर ठूलो परिमाणमा सामान बरामद गरेको घटनाले पुष्टि गरेको छ । सर्लाहीबाट तस्करी भैरहेको र तस्करीकाे सामान गाेदाम गरेको सुचना पाएपछि सन्तोष डिलर भनेर चिनिने सन्तोष साहकाे गाेदाममा राजश्वले छापा मारेको हो ।सीमामा सेटिङ मिलाएर , घुमुवाकाे स्कटिङमा ठूलो मात्रामा दाल , चामल , तेल , चिनी ,,जिरा , धनिया , काजु जस्ता धेरै सामानको तस्करी गर्दै आएका सन्तोष साहकाे हरिवाेन स्थित गाेदाममा राजश्वले छापा मारेको हो । उक्त गाेदाममा झन्डै ३ करोड बराबरको सामान राजश्वले छापा मारेर बरामद गरेको छ भने केही सामान हरिवन इप्रकामा राखेको छ। नक्कली दाल पिस्ने मेशिन समेत बरामद भएको थाहा भएको छ। झन्डै पाँच कराेड बराबरको तस्करीकाे सामान बरामद भएको राजश्व स्रोत बताउँछ ।
Next article
राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपध्यक्ष चयनमनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपध्यक्ष चयन भएका छन्। काठमाडौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो।इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो।सबै निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ।नेपालमा आयोजना भइरहेको एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको प्रतियोगिता सोमबार सुरु हुँदैछ।मनकामना केबलकारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, महालक्ष्मी विकास बैंक, पञ्‍चकन्या ग्रुप, केटीएम सिटी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सरगमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सीएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन्।प्रतियोगिता आयोजनामा ३ करोड ६२ लाख अनुमानित लागत लाग्‍ने आयोजकको अनुमान छ। प्रतियोगिताका सहभागी विभिन्‍न विधामध्येबाट मिस्टर एसियाको टुंगो भदौ २० गते लाग्‍नेछ।५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्‍न विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरुले विभिन्‍न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन्।शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ (चीन), भारत, काजाखस्तान, मकाउ, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता छ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles