बर्दिया कारागारबाट एक कैदी फरारबर्दिया । बर्दिया कारागारबाट आइतबार बिहान कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री पेन्टी लगाएको अवस्थामा फरार भएको अनुसन्धानमा देखिएको बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराले जनाए । फरार भएको जानकारी पाउना साथ जिल्ला र सीमावर्ती नाकामा खोजतलासका लागि प्रहरी परिचालन गरिएको डीसपी बोहोराले जनाए ।२०७१ सालमा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउपछि बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए । अदालतले उनलाई ३० वर्षको कैदको फैसला गरेको थियो । बुढा क्षेत्रीले एक वर्ष जेल सजाय कटाइ सकेका छन् ।