Monday, April 21, 2025

रसुवागढीनाकाबाट एक किलो सुनसहित महिला पक्राउरसुवा । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार।

ताजा / भरखरै प्राप्त

Previous article
१४ वर्ष बित्दा पनि केन्द्रीय खेलकुद प्रतिष्ठानले पूर्वाधार पाएनमकवानपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्‍न २०६६ सालमा हेटौंडामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालियो । राष्ट्रिय खेलकुद परिषद्ले पाँच वर्षभित्र २ अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको यो आयोजनाले बजेट नै पाएन । जसका कारण निर्माण थालेको १४ वर्ष बितिसक्दा पनि केन्द्रीय खेलकुद प्रतिष्ठानमा बन्द प्रशिक्षणका लागि पूर्वाधार तयार भएको छैन ।तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ साल जेठ २८ गते प्रतिष्ठानको सिलान्यास गरेका थिए । फुटबल, भलिबल, क्रिकेटका लागि मैदान, स्विमीङ पुल, गल्स एन्ड ब्वाइज होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने राखेपको योजना थियो । यो योजना पूरा गर्न सरकारले ८ वर्षमा ५ करोड बजेट छुट्‍यायो । यही बजेटबाट ब्वाइज होस्टल, कम्पाउन्ड वाल र गेट निर्माण गरियो ।मुलुकमा संघीय व्यवस्था लागु भएपछि बागमती प्रदेश सरकारले क्रमागत बजेटबाट फुटबल ग्राउन्ड, रनिङ ट्रयाक सिन्थेटिक, भिआईपी प्याराफिट र लाईटिङ गर्ने गरी ९० करोड रुपैयाँको लागत अनुमान तयार पारेको छ । १३ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई केसी-सप्तकोसी-ओमसाई जेभीले फुटबल ग्राउन्ड, रिटेनिङ वाल, रनिङ ट्रयाक र भिआईपी प्याराफिट निर्माणको काम गरिरेहको छ ।क्रिकेट मैदानका लागि ७१ करोड १९ लाख र स्विमिङ पुल निर्माणका लागि ५० करोड ३२ लाख रुपैयाँ लाग्ने अनुमानसहित डिपिआर तयार भएको छ । प्रदेश खेलकुद विकास परिषद्‍मार्फत खर्चगर्ने गरी यसवर्ष स्विमङ पुल निर्माण गर्न ३ करोड र क्रिकेट मैदान निर्माण गर्न ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा बन्ने विश्वास लिइएको यो प्रतिष्ठान निमार्णमा देखिएको सुस्तताले खेलाडी र खेल क्षेत्रका अगुवा भने चिन्तीत छन् ।गौरीटारमा कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिने बताइएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles