Saturday, April 19, 2025

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदानव्यावसायिक दक्षता र क्षमताको परिणाम स्वरूप पदोन्नति

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान प्रदान गरेका छन्। गृह मन्त्रालयको भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षकहरू सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए।
महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरूप पदोन्नति भएको बताए। उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमानदारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन लिँदै संगठन स्थापना पश्चात संगठनको साख वृद्धिमा टेवा पुर्‍याउने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे। महानिरीक्षक अर्यालले भ्रष्टाचार विरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए।

Previous article
Next article
नागरिकसँग सहकार्य गर्दै प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नु गर्नु पर्नेकाठमाण्डौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचङ्गुनारायण काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम नागार्जुन नगरपालिका वडा नं. ३ लिटल क्लाइम्वर्स स्कुलमा सुरू भएको थियो ।प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा नागरिकको अहम् भूमिका रहने भएकाले नागरिकसँग सहकार्य गर्दै प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने बताउनु भयो ।साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गरिने बताउँदै उहाँले कुनै पनि सामान्य घटनालाईसमेत प्रहरी सामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।आत्महत्या, लागु औषधको प्रयोग र साइवर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सामुदायिक स्तरमानै जन चेतना अभिवृद्दि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट प्रविधिको समेत यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो ।जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५५० जनाको उपस्थितिमा अं.२ बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles