एनले अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा पुर्याएको ओलीका ेभनाइ छ । उद्देश्य, नीति र गन्तव्य नभएकाले एमाले बाहेकले देश चलाउन अरुले नसक्ने उनले बताए । एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताए उनले अरुको १० वटा बुद्धि र एमालेको एउटा बुद्धि पुग्दो छ, एमालेले मात्रै देश चलाउँछ । पार्टी र देशलाई गन्तव्यमा पुयाउने छ ।
अध्यक्ष ओलीले मिसन–८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताए । त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको बताए । टोल टोलमा कमिटी घरघरमा सदस्य बनाएर हिँडेका छौं । सबै दल एमालेतिर र एमाले एकातिर भए पनि हाम्रो जितलाई रोक्न सक्ने छैन,उनले भने ।
अध्यक्ष ओलीले अहिले पनि नेकपा (एस) लगायतका दलबाट एमालेमा नेता कार्यकर्ताको लर्को लागेको बताए । ओलीले समुद्रबाट निस्केर कुनै माछापोखरीमा जान खोज्छ होला त्यस्तै कोही नेता, कार्यकर्ता अरु पार्टीमा जान्न, एमालेमा बिग्रेका केही फल दुई वर्षअघि खसे, तिनै खसेकाले अल्झाएका केही कार्यकर्ता छन्, अल्झेका कार्यकर्ता आउँदैछन्, उनले भने ।
ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय उद्योग र उद्योगपतिको गला रेट्ने काम गरिरहेको आरोप लगाए अहिले भ्रष्टाचार नियन्त्रणको नाउँमा राष्ट्रिय उद्योग र राष्ट्रिय उद्योगपतिलाई, राष्ट्रिय पुँजीलाई गला थिच्ने, गला रेट्ने काम यो सरकारले गर्न खोजिरहेको उनले बताए ।
सरकारले भ्रष्टारविरुद्धको अभियान भन्न नसुहाउने उनको टिप्पणी छ । भ्रष्टाचारतिरको मेरो अभियान भन्न सुहाउँछ, भ्रष्टाचारविरुद्धको भन्ने छोड्देऊ । उनले यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराएको भन्दै खोजी गर्न चुनौती दिए । गरिबले गरिखाएको सरकारले देख्न नसकेको उनको भनाइ छ ।
उनले यती होल्डिङ्स दरबारको पालादेखिकै खोजेर ल्याउनुपर्ने बताए । यतीलाई जग्गा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको समयमा दिइएको उनले सुनाए ।
ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा सहमति जुटाउन नेताहरुलाई निर्देशन दिए । उनले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट शनिबार साँझसम्म टुङ्ग्याउन निर्देशन दिए । प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उनले बताए ।
‘पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस्’ ओलीले निर्देशन दिए ।
लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल आकांक्षी छन् । कँडेल वर्तमान अध्यक्षसमेत हुन् । अधिबेशन अन्तर्गत आइतबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा नेतृत्व दाबी नगर्न निर्देशन दिँदै कसैको आशिर्वादले नभई आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।
‘तपाईंहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ’ ओलीले लुम्बिनीबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई भने ।
नेकपा एमाले
