Sunday, June 29, 2025

नगर अस्पताल एक महिनादेखि बन्दबारा । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढ स्थित नगर अस्पताल एक महिनादेखि बन्द रहेको छ । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले गरेको तालाबन्दीका कारण गत असार ३१ गतेदेखि अस्पतालको सेवा ठप्प हुदै आएको हो । तर, अस्पताल सेवा बन्द भएको एक महिना पुरा हुंदा पनि संचालन गर्ने तर्फ सरोकारवाला निकायहरुले ध्यान नदिदा सेवाग्रहीहरु मार्कामा परेका छन ।बाराको सिम्रौनगढ नगर अस्पतालका कर्मचारीले आन्दोलन जारी राख्दा अस्पताल एक महिनादेखि बन्द अवस्थामा छ ।सेवा नै ठप्प पार्दै स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित बनेपछि सेवाग्राहीहरु मारमा परेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ४ देखि १५ महिनासम्मको तलब भत्ता नपाएको नगर अस्पतालका कर्मचारी अयुब मिया अंसारी बताउछन् ।यता नगरपालिकाले एक सुचना जारी गर्दै करार सेवामा रहेका नगरका सम्पुर्ण कर्मचारीहरुको करार सेवा नविकरण नगर्ने भनेपछि थप अन्योल्ता देखिएको छ ।।नगरपालिकाको कार्यपालिकाका बहुमत सदस्य र नगरप्रमुख किशोरीप्रसाद साह कलवारबीचको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनको लागि पहल नभएको बताइएको छ ।नगरमा जसपातर्फका प्रमुख, उपप्रमुख र नेपाली काँग्रेसतर्फका बहुमत सदस्य भएकाले आपसी द्वन्द्वका कारण सो समस्या भएको देखिन्छ ।अस्पतालमा उत्पन्न समस्या समाधानका लागि भनेर यो अवधिमा कार्यपालिकाको बैठक ३ पटक बोलाइएको भएपनि बैठक नै बस्न सकेन । यसरी आन्तरिक द्धन्द्धले अस्पताल सेवा प्रभावित छ ।कर्मचारीहरु तलबको माग गरिरहेका त छन् तर नगरपालिका भने अस्पताल प्रशासनकै कारण कर्मचारी र सेवाग्राहीले दुःख पाएको बताउँछ ।अस्पताल सञ्चालनका लागि हालसम्म नगरप्रमुख कलवारले ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब अस्पतालका कर्मचारीले नदिएकाले समस्या उत्पन्न भएको नगरको भनाई छ ।२०७८ जेठ २१ गतेबाट सेवा सुरु गरेको १५ शैयाको अस्पतालबाट सिम्रौनगढ र आसपासका सर्वसाधरणलाई सेवा दिइरहेको थियो । तर पालिकामा राजनितिक दन्द्वको कारण नगरपालिका र नगर अस्पतालमा तोडफोड हुदा लाखौको सम्पतिको नोक्सानि भएको थियो ।नगरअस्पताल बन्द हुदा आफुहरु छिमेकी देश भारतको बिहार क्षेत्रमा महङ्गोमा उपचार गराउन जानु पर्ने अवस्था आएको स्थानीयको गुनासो छ ।छिमेकी देश भारत सँग जोडिएको पालिकाको नगर अस्पतालमा दैनिक करिब सय भन्दा बढीले उपचार सेवा लिने गरेका छन । तर कर्मचारी व्यवस्थापन गर्न नसकेर अस्पताल नै बन्द गर्दा त्यसको सिधा असर ग्रामिण क्षेत्रका जनतामाथि परेको छ ।तराई क्षेत्रका प्राय पालिकाहरुमा देखिएको जस्तै यस नगरपालिकमा पनि राजनीतिक द्धन्द्ध, आपसी स्वार्थ अझ भनौ कार्यकर्ता भर्तीको थलो बन्दा जनतालाई सधैं दुःख व्यहोर्नु पर्ने अवस्था छ ।

ताजा / भरखरै प्राप्त

Previous article
राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपध्यक्ष चयनमनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपध्यक्ष चयन भएका छन्। काठमाडौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो।इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो।सबै निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ।नेपालमा आयोजना भइरहेको एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको प्रतियोगिता सोमबार सुरु हुँदैछ।मनकामना केबलकारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, महालक्ष्मी विकास बैंक, पञ्‍चकन्या ग्रुप, केटीएम सिटी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सरगमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सीएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन्।प्रतियोगिता आयोजनामा ३ करोड ६२ लाख अनुमानित लागत लाग्‍ने आयोजकको अनुमान छ। प्रतियोगिताका सहभागी विभिन्‍न विधामध्येबाट मिस्टर एसियाको टुंगो भदौ २० गते लाग्‍नेछ।५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्‍न विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरुले विभिन्‍न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन्।शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ (चीन), भारत, काजाखस्तान, मकाउ, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता छ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles