Sunday, April 20, 2025

राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेकासहित गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) तथा एक सय २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

ताजा / भरखरै प्राप्त

एसपी प्रमुख हुने १२ जिल्ला तथा डीएसपी प्रमुख हुने १८ जिल्लामा नयाँ नेतृत्व पुगेका छन् । जसमा सीआईबाीमा सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको पनि सरुवा भएको छ । सीआईबीले नयाँ पिलर नै खडा गरेर एसपी सञ्जयसिंह थापाको कमाण्डमा सुन तस्करीको अनुसन्धान गरिरहेको छ । तर उनको सरुवा नुवाकोट भयो । उनी भने यो प्रकरणलाई टुंगोमा पुर्याएपछि मात्रै नुवाकोट जाने भएका छन् ।

एसपी सरुवा अन्तर्गत कास्कीमा अख्तियारबाट मोहन थापालाई पठाइएको छ । त्यस्तै उदयपुरमा रमेश थापा, सुनसरीमा बीपिन रेग्मी, दाङमा रामबहादुर केसी, बारामा दाङबाट इन्चार्ज टु इन्चार्ज पाउने सुरेश काफ्ले हुन । रौतहटमा महेन्द्रकुमार श्रेष्ठलाई पठाइएको छ । सप्तरीमा गर्जुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी, कपिलवस्तुमा नवरत्न पौडेल, जनसेवा वृत्तबाट बानेश्वर पुगेर रागोलाई गोली हानी चर्चामा आएका वेद विष्टलाई भक्तपुरमा पठाइएको छ । इलाममा वासुदेव खतिवडाको सरुवा भएको छ । अनामनगर वृत्तबाट कर्मचारी प्रशासन हुँदै पश्चिम नवलपरासीमा काजमा गएका एसपी काजीकुमार आचार्यलाई त्यही राखिएको छ । काठमाडौ परिसरबाट मकवानपुर काज खटिएका सीताराम रिजालको त्यहीँ सरुवा भएको छ ।

डीएसपी प्रमुख हुने पहाडी तथा हिमाली जिल्लाका प्रमुख पनि फेरिएका छन् । अर्घाखाँचीमा डीएसपी प्रतितसिंह राठौर, संखुवासभामा घनश्याम श्रेष्ठ, भोजपुरमा सुदीपराज पाठक, खोटाङमा पुरुषोत्तम खड्काको सरुवा भएको छ । कालिकोटमा अर्जुन केसी, प्युठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्रसिंह बोहरा, पर्वतमा खुमलाल भुसाल, डडेल्धुरामा दीपककुमार कार्की, बैतडीमा दीपक गिरी, सल्यानमा नवीन कार्कीलाई पठाइएको छ ।

मनाङमा फणीन्द्र रानाभाट, मुगुमा वीरेन्द्र थापा, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीनबहादुर घलेको सरुवा गरिएको छ । दार्चुलामा शिवबहादुर सिंह, पाँचथरमा हेमन्त भण्डारी क्षेत्रीको सरुवा भएको छ । त्यस्तै, विभिन्न इप्रका तथा प्रहरी वृत्तका प्रमुख पनि फेरिएका छन् ।

यसै गरी प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवामा उपत्यकाका नौवटा प्रहरी वृत्तका प्रमुख पनि फेरिएका छन् । दरबारमार्ग वृत्तमा डीएसपी गोविन्द थापा तथा लैनचौर वृत्तमा चतुर्भुज ओझालाई खटाइएको छ । थापा प्रहरी महानिरीक्षकको सचिवालय तथा ओझा प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत थिए ।

यसअघि दरबारमार्गमा कार्यरत डीएसपी कोपिला चुँडालको उपत्यका प्रहरी कार्यालय तथा लैनचौरका गणेणबहादुर बमको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । त्यस्तै, बौद्ध वृत्तमा राजु पाण्डे, गौशालामा केशव थेबे, पर्वतको कमाण्ड गरेका शिवराज बुढाथोकीलाई नयाँ बानेश्वर, महाराजगन्जमा अम्मरबहादुर थापा क्षेत्री, स्वयम्भूमा पूर्णिमा चन्द, मालीगाउँमा इन्द्रप्रसाद सुवेदी तथा जगातीमा दीप्ति कार्कीलाई सरुवा गरिएको छ ।

महाराजगन्ज वृत्तका अंगुर जिसीको जिल्ला प्रहरी परिसर, काठमाडौं, मालीगाउँका अनिश कर्णको सुरक्षा सेवा व्यवस्थापन महाशाखा, स्वयम्भू वृत्तका राजबाबु महर्जनको जिप्रका धनकुटामा सरुवा भएको छ । बौद्ध वृत्तका हरिबहादुर बस्नेत, गौशाला वृत्तका सञ्जीवबाबु खड्काको प्रहरी प्रधान कार्यालय, नयाँ बानेश्वर वृत्तका निशान्त श्रीवास्तवको ईन्चार्ज टु ईन्चार्ज जिप्रका डोटी, जगातीका राजकुमार श्रेष्ठको जिप्रका काभ्रेमा सरुवा भएको छ ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
बर्दिया कारागारबाट भागेका कैदी ‘भाइ नाइके’ भएको खुलासा
बर्दिया कारागारबाट भागेका कैदी ‘भाइ नाइके’ भएको खुलासा
भदौ १७, २०८० आइतबार

पेप्सीकोला सवारी दुर्घटनाका उपचाररत घाइतेहरु काे काे हु्न् ?
पेप्सीकोला सवारी दुर्घटनाका उपचाररत घाइतेहरु काे काे हु्न् ?
भदौ १७, २०८० आइतबार

Previous article
भिस्वा नाका तस्करीको अखडाबीरगञ्ज । पर्सा जिल्लामा पर्ने छिपहरमाई गाउँपालिकाको भिस्वा नाका अहिले तस्करीको अखडा बनेको छ। बिओपी बन्जारी अन्तर्गत रहेका भिस्वा, चेरगांहा, बुडगाई, मिर्जापुर, जयम‌ंगलापुर, भेडिहर्वा लगायतकाे नाका भएर रातिकाे समयमा तस्करी भइरहेकाे छ । साे नाका भएर मटर, मरिच, तेल, कपडा, स्पेयर पार्टस, मदिरा, प्रतिबन्धित औषधी लागयतकाे सामग्री तस्करी हुने गरेकाे छ । भिस्वा नाकामा नेपालबाट चाईनीज स्याउ , कवाड, युनिलिवरको सेम्पू , क्लोजअप पेस्ट, फेयर एण्ड लब्ली क्रीम जस्ता कस्टमेटिक समान, मरिच, सुपारी र केराउ ,मदिरा र मटरदाल लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको हो ।त्यस्तै इन्डियाबाट किराना आईटम, हाडवेयर ,मेशिनरी पार्ट्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस ,हुण्डी करोबार, प्रतिबन्धित लागुऔषध, कपडा, चौपाया र पंछीजन्य बस्तु लगायतको अवैध आयात पनि उत्तिकै छ । भिस्वामा तस्करी गोदाम दशगजा क्षेत्र नजिक नै रहेको र रात पर्नासाथ अर्थात रातको दश बजेदेखि बिहान चार बजेसम्म तस्करीका सामान प्रहरीले लाईन दिएपश्चात कटाई दिने गरेको स्रोतले बतायो । प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा घोषित रुपमा नै तस्करी भईरहेको दावी सो समाचार स्रोतको छ । नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ तर तस्करी भन्ने उनीहरुकै अगाडिबाट हुन्छ भने यसको जिम्मा कस्ले लिने ? प्रश्न गम्भीर भएर खडा भएको छ ।सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई नै आर्थिक प्रभावमा पारेर यतिबेला तस्करी मौलाएको छ ।सशस्त्र प्रहरीको बीओपीले सीमा सुरक्षा भन्दा पनि तस्करहरुसँग मिलेर कमाउ धन्दा सुरु गरेको यहाँ आउने जोकोहीले देख्न सकिन्छ ।भिस्वा बीओपीका प्रहरी भने तस्करहरुको समानलाई स्कटीङ गरी सुरक्षित रुपमा बोर्डर कटाउनेसम्मको काम भैरहेको छ । सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानी तथा निर्देशनमा तस्करी मौलाएको छिपहरमाई गाउँपालिकाका एकजना स्थानीयले बताए । सीमा सुरक्षामा खटेका सशस्त्र प्रहरीले चाहने हो भने कुनै पनि बस्तुको तस्करी सम्भव नहुने उनले दावी गरेका छन् ।मुलुकका सीमा नाकाबाट हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थतन्त्र बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाईखाने भाडो बनाउने गरिएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles