Monday, June 30, 2025

भारतको मन्त्रिपरिषदद्वारा नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने समझदारी स्वीकृतभारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ ।भारतले नेपालसँग भएको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको हो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो । नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गर्नुभएको हो । भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा त्यो निर्णय आइसकेको छैन ।

ताजा / भरखरै प्राप्त

मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा गएको बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो ।तर,भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन । द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गर्नुभएको थियो ।

Previous article
Next article
ओली पुगे सिंहदरबारप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ ।प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ ।प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच झन्डै एक घन्टा छलफल चलेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles