Saturday, June 28, 2025

कोशीमा सशस्त्र प्रहरीद्धारा गोताखोर तालिम सञ्चालन

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ ।पानीमुनिको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । कोशी प्रदेशमा हाल गोताखोरको संख्या ६ मात्रै रहेको छ ।
सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र सहकार्यमा गोताखोर तालिम सञ्चालनमा ल्याइएको जनाएको छ ।तालिम पश्चात् तयार हुने दक्ष जनशक्ति आवश्यकताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बराह बाहिनीको विश्वास छ ।

Previous article
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाहनेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित जनसरोकारका विषयहरूको तथ्याङ्क, विवरण, अन्तर्वार्ता र अन्य गतिविधि सम्प्रेषण गर्नुभएको छ ।सो अवधिमा उहाँले अनलाइन मिडिया ४० वटा, पत्रपत्रिका २३ वटा, टेलिभिजन १५ वटा, सर्वसाधारण ३ जना, पूर्व प्रहरी कर्मचारी २ जना, संस्था/अनुसन्धानकर्ता/रेडियो/मनोविद/गृहमन्त्रालय/विद्यार्थी समेत गरी ७ जना, स्टुडियोमा अन्तर्वार्ता ३ वटा र अन्य ६ गरी जम्मा ९९ जना व्यक्ति र संस्थालाई गतिविधि सम्प्रेषण गर्नुभएको हो ।सम्प्रेषण गरिएका विषयहरूमा नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ परेकाहरूको विवरण, अपहरण तथा अवैध हातहतियार, कारागारमा रहेका विदेशी नागरिकहरूको विवरण, समग्र अपराध तथ्याङ्क, लागूऔषध, साईबर क्राइम, बैंकिङ कसूर, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग, वैवाहिक जबरजस्ती करणी, महिला हिंसा, सार्वजनिक सवारीमा महिलामाथि भएको हिंसा, लैंगिक हिंसा, जातीय छुवाछुत, मानव वेचविखन, अवैध विदेशी मुद्रा, अवैध सुन बरामद, उत्कृष्ट काम गरी पुरस्कार प्राप्त गर्ने प्रहरी कर्मचारीहरूको विवरण, प्रहरी कल्याण कोषमा कल्याणकारी कार्य र नेपाल प्रहरीले बरामद गरेका हतियार नष्टको विवरण छन् । यसैगरी विषालु पदार्थ सेवनबाट भएको मृत्यु तथा घाइते, सवारी दुर्घटना, सर्पले टोकेर भएको मृत्यु तथा घाइते, मनसुन जन्य घटना तथा विपद् व्यवस्थापन, डुबी मृत्यु भएकाहरूको तथ्याङ्क, मोबाइल चोरी, आत्महत्या, हिरासतमा भएको मृत्यु तथा थुनुवा फरार, अवैध मदिरा, विदेशी नागरिक पक्राउ, पाकेटमार, बोक्सीको आरोपमा पक्राउ परेकाहरूको तथ्याङ्क तथा विवरण लगायत रहेका छन् ।नेपालको संविधान २०७२ को सूचनाको हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५, नेपाल प्रहरीको संचारमाध्यम (मिडिया) सम्बन्धी नीति २०६० ले सार्वजनिक चासो र नागरिकसँग सरोकार राख्ने विषयसँग सम्बन्धित सूचना प्रवाह गर्न प्रत्येक सार्वजनिक निकायमा अनिवार्य रूपमा प्रवक्ता/सूचना अधिकारीलाई मिडियासँग समन्वय गर्ने व्यवस्था अनुरूप आम नागरिकको सूचनाको हकको सम्मान गर्दै संगठनको नीति अनुरूप प्रहरी नायव महानिरीक्षक कडायतले विगतमा जस्तै साउन महिनामा पनि प्रहरी कारवाही, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान लगायतका सार्वजनिक सरोकारका विषयहरूमा जानकारी उपलब्ध गराउनु भएको हो ।साथै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ताको सचिवालय मातहत रहेको केन्द्रीय प्रहरी समाचार कक्ष मार्फत दैनिक दुई पटक समाचारसँग सम्बन्धित तस्बिरसहितको ‘दैनिक समाचार बुलेटिन’, श्रव्यदृश्य शाखाबाट पाक्षिक रूपमा ‘प्रहरी अनुरोध कार्यक्रम’ र जनसम्पर्क शाखाबाट हप्तामा दुई पटक ‘प्रहरी रेडियो कार्यक्रम’ तथा ‘प्रहरी द्वैमासिक’ मार्फत सूचना सम्प्रेषण हुँदै आएको छ !साभार।
Next article
पीपी प्रसाईं फाउण्डेशनले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने सात व्यक्तित्वलाई ‘राष्ट्रिय शिक्षक पुरस्कार’ र ‘टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरेको छ ।राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा फाउण्डेसनले ६ प्रदेशका उत्कृष्ट ६ शिक्षकलाई यस वर्षको ‘उत्कृष्ट शिक्षक पुरस्कार’ ले सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा कोशीबाट फिक्कल माविका सोमप्रसाद गौतम, बागमतीबाट जनकल्याण मावि बौद्धका कमला राई र गण्डकीबाट पञ्चमुनिदेव माविका टुकादेवी आचार्य छन् ।यस्तै लुम्बिनीबाट मोहनकन्या मावि तानसेनका गोपालप्रसाद बस्याल, कर्णालीबाट त्रिपुरा मावि डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिमबाट सर्वोदय मावि धनगढीका जीतबहादुर चौधरीलाई पुरस्कृत गरिएको छ । विद्यालयतर्फ मकवानपुरको देवहित आधारभूत विद्यालयलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।उत्कृष्ट शिक्षकलाई जनही पचास हजार नगद र पुरस्कृत शिक्षकले अध्यापन गराउने विद्यालयलाई १०-१० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।यसैगरी पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका पर्वतारोही आङछिरिङ शेर्पालाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले सामुदायिक विद्यालयका शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्दै आएको छ ।हवाई दुर्घटनमा परि निधन भएका पर्यटन व्यवसायी प्रजापति प्रसाईंको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles