पीपी प्रसाईं फाउण्डेशनले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने सात व्यक्तित्वलाई ‘राष्ट्रिय शिक्षक पुरस्कार’ र ‘टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरेको छ ।राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा फाउण्डेसनले ६ प्रदेशका उत्कृष्ट ६ शिक्षकलाई यस वर्षको ‘उत्कृष्ट शिक्षक पुरस्कार’ ले सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा कोशीबाट फिक्कल माविका सोमप्रसाद गौतम, बागमतीबाट जनकल्याण मावि बौद्धका कमला राई र गण्डकीबाट पञ्चमुनिदेव माविका टुकादेवी आचार्य छन् ।यस्तै लुम्बिनीबाट मोहनकन्या मावि तानसेनका गोपालप्रसाद बस्याल, कर्णालीबाट त्रिपुरा मावि डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिमबाट सर्वोदय मावि धनगढीका जीतबहादुर चौधरीलाई पुरस्कृत गरिएको छ । विद्यालयतर्फ मकवानपुरको देवहित आधारभूत विद्यालयलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।उत्कृष्ट शिक्षकलाई जनही पचास हजार नगद र पुरस्कृत शिक्षकले अध्यापन गराउने विद्यालयलाई १०-१० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।यसैगरी पर्यटन क्षेत्रमा योगदान पुर्याएका पर्वतारोही आङछिरिङ शेर्पालाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले सामुदायिक विद्यालयका शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्दै आएको छ ।हवाई दुर्घटनमा परि निधन भएका पर्यटन व्यवसायी प्रजापति प्रसाईंको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।साभार।