Sunday, June 29, 2025

सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डामलङ्गवा (सर्लाही), नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ।मङ्गलबार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए।सो अवसरमा अर्थमन्त्री यादव र मलङ्गवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्त रूपमा पार्कको उद्घाटनसमेत गरे।कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौं योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रूपमा रहेको बताए।राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिम्बित गर्ने उनले विश्वास व्यक्त गरे।‘यो देशमा पटक/पटक मधेसीले राष्ट्रियताको परिचय दिनुपर्छ’, अर्थमन्त्री यादवले भने, ‘कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ।’देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौंमा खोज्ने गरेको टिप्पणी गर्दै उनले भने, ‘राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ।’अर्थमन्त्री यादवले आउने दिनमा मलङ्गवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गरिनेसमेत बताए।मधेस प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त रु ३० लाखको लागतमा मलङ्गवा नगरको गौरवका रूपमा पार्क निर्माण गरी राष्ट्रिय झण्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिकोसमेत सहभागिता थियो। रासस

ताजा / भरखरै प्राप्त

Previous article
तस्करी तथा अपराध नियन्त्रण गर्छु: एसपी श्रेष्ठरौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले सीमा वारपार हुने तस्करी तथा जिल्लाको अपराधलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।जिल्लाको कमाण्ड सम्हालेपछि आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले जिल्लामा शान्ति सुरक्षाको अनुभूतिका साथै तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका हुन्।एसपी श्रेष्ठले दिनरात परिश्रम गरेर आफू जिल्लाको अपराधलाई नियन्त्रण गर्ने बताउँदै नेपाल भारत सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका कमाण्डरहरुलाई राती आठ बजेपछि आवतजावतमा थप निगरानी बढाउन निर्देशन दिइसकेको बताए।सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशका समकक्षीहरूसँग मिलेर काम गर्नुपर्ने भएकोले आफूले सम्भव भएसम्म यस क्षेत्रमा पनि काम गर्ने एसपी श्रेष्ठले बताएका छन्।नेपाल प्रहरीका हरेक युनिटका प्रमुखको नम्बर विभिन्न ठाउँमा ठुलो अक्षरमा लेखेर टाँगिने र जुनसुकै बेला पनि अपराधसम्बन्धी खबर दिन सर्वसाधारणलाई प्रोत्साहन गरिने एसपी श्रेष्ठको भनाइ छ।प्रहरी युनिट इन्चार्जले नसुनेमा जुनसुकै बेला पनि आफूलाई खबर गर्न पनि एसपी श्रेष्ठले संचारकर्मीमार्फत सर्वसाधारणलाई आग्रह गरेका छन्।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles