Sunday, April 20, 2025

नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयल रंगिएको छ । पहिले सेतो रंगमा रहेको भवन यतिबेला रातो र हरियो मिश्रित रंग लगाइएको छ । बीपी साहित्य महोत्सवका लागि पार्टी केन्द्रीय कार्यालयलाई झकिझकाउ बनाइएको हो । भदौ २४ देखि २६ सम्म कांग्रेसले भब्य रुपमा बीपी साहित्य महोत्सव अयाजना गर्दैछ ।

ताजा / भरखरै प्राप्त

निकै ठूलो जनशक्ति खर्चिएर कांग्रेसले पार्टीको कार्यालय सिंगारिरहेको छ । सम्भवत भोली विहानसम्ममा सबै तयारी सकिने छ । साहित्य महोत्सवको तयारीबारे जानकारी दिन कांग्रेसले शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन राखेको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित रहने बताइएको छ । कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेर तयारी गरिहेको छ ।

कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिले साहित्य महोत्सवलाई सफल बनाउन पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको परिचालन गर्दै विभिन्न संघसंस्थासँग समन्वय गरी कार्यक्रमलाई भब्य बनाउने जनाएको छ ।

साहित्व महोत्सवमा विभिन्न चरणवद्ध कार्यत्रलमहरु राखिएका छन् । बीपी र प्रजातनबारे प्रवचन दिन विभिन्न क्षेत्रका विज्ञ र विश्लेषकलाई निमन्त्रणा दिइएको छ । सांगितिक कार्यक्रम पनि राखिएका छन् । यसैका लागि सानेपामा रहेको केन्द्रीय कार्यालयलाई सजाउन र मञ्च निर्माणका लागि १०० भन्दा बढी कामदार परिचालन गरिएको छ ।

कार्यालयमा दुई स्थानमा समानान्तर रुपमा कार्यक्रम गर्न सकिने गरी हल निर्माण भइरहेको छ । करिव १३ सय बढी अटाउने गरी हल र मञ्चहरु बनाइएका छन् । पार्किङका लागि रिङरोडको एउटा लेनलाई उपयोग गरिने बताइएको छ । ११० औं जन्मजयन्तीका अवसरमा ११० वटा बेलुन उडाएर उदघाटन हुनेछ । पहिलो दिनको पहिलो कार्यक्रम सभापति देउवाले उद्घाटन गर्नेछन् ।

Previous article
६१ किलो सुन प्रकरण :सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष सर्राफ पक्राउ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो। राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो। उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ,!साभार
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles