Saturday, April 19, 2025

भेटिएनन् गुल्मपति पण्डितसुर्खेत — नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनै नन्दबक्स गुल्मका गुल्मपति १२ दिन बितिसक्दा पनि फेला नपरेका हुन् ।भदौ १० गतेदेखि एकाएक सम्पर्कविहीन भएका उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले बताएको छ ।डोल्पाका प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले नियमित खोजी कार्य जारी रहेको बताए । गुल्मपतिको फोटोसहित विभिन्न चौकीहरुमा खोजी गर्न निर्देशन दिएको उनको भनाइ छ । यस्तै, नेपाली सेनाले पनि छुट्टै कमाण्ड खटाएर उनको खोजी गरिरहेको छ

ताजा / भरखरै प्राप्त

Previous article
Next article
६१ किलो सुन प्रकरण :सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष सर्राफ पक्राउ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो। राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो। उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ,!साभार
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles