Tuesday, July 1, 2025

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे संसद्‍लाई जानकारी गराउन सभामुखको रुलिङ

ताजा / भरखरै प्राप्त

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।बिहीबारको बैठकको सांसदहरुले दुई घटनाबारे चासो देखाएपछि सम्पूर्ण जानकारी संसद्लाई दिन सभामुख घिमिरेले सरकारलाई निर्देशन दिएका हुन् ।
सभामुख घिमिरेले भने, ‘कान्ति बाल अस्पतालमा एकजना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सह-महामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’
सोमबार कान्ति बाल अस्पतालले इमर्जेन्सी कक्षमै बालिका मृत्यु भएको घटना बाहिरिएको थियो । उपचारका लागि पालो नपाएका कारण उनको निधन भएको आफन्तको आरोप छ ।
त्यस्तै, कांग्रेस नेता यादवलाई बुधबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles