Sunday, April 20, 2025

सरकार साझेदार मुख्य घटक नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको खुकुरी प्रहार घटनाको निन्दा गर्दै पार्टी निकट युवा संगठन नेपाल तरुण दलले विराेध प्रदर्शन गरेको छ ।

ताजा / भरखरै प्राप्त

प्रदर्शनका क्रममा युवा तथा विद्यार्थी नेताहरुले यादवमाथि ज्यान मार्ने योजनासहित भएको खुकुरी प्रहर घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । घटना सामान्य किसिमका नरहेको र आक्रमणकारीको पछाडि राजनीतिक शक्ति रहेको उनीहरुको आरोप छ । उनीहरुले यादवमाथि आक्रमण सिंगो लोकतन्त्र र नेपाली कांग्रेसमाथिको आक्रमण भएको बताएका छन् ।

काठमाडौंमा भएको प्रदर्शन रयाली बनाएर शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सापकोटालाई कारबाहीको माग गर्दै मधेशका जिल्लाहरुमा तरुण दल, नेविसंघ लगायतका स्थानीय संघ संस्थाहरुले प्रदर्शनमा गरेका छन् । उनीहरुलेसडकमा टायर बालेर सडकमा प्रदर्शन गरेका छन् ।

null

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नुवाकोटका श्याबाबु सापकोटाले ब्यागमा लुकाएर ल्याएको खुकुरीले यादवको टाउकोमा प्रहार गरेका थिए । प्रहारबाट यादवको टाउकाको पछाडि भागमा गहिरो काटिएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने सापकोटालाई तत्कालै पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योग कसुरम जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको छ । सापकोटाले आक्रमणपछि राजसंस्था र हिन्दू राष्ट्रकाृ पक्षमा नारा लगाएका थिए । यसपछि उनलाई राप्रपाका कार्यकर्ताको रुपमा लिँदै राप्रपाको विरोध समेत हुँदै आएको छ । यद्यपि राप्रपाका सांसद धवलशमसेर राणाले बिहीबार संसद बैठकमा सापकोटा राप्रपामा संलग्न नरहेको बताएका थिए ।

राजनीति
मधेश प्रदेश

Previous article
Next article
पर्साको भिस्वा नाका बाट तस्करी गर्न लागेको कैन बियर २० काटुन र कस्तुरी मदिरा १४ काटुन समान बरामद: पटक पटक नेपाल प्रहरीले मात्र तस्करीको समान समातन सफल भएका छन् ! भन्ने भिस्वा बि.ओ.पि. प्र.नि.बिष्णु थापा फोनमा मुख छोडेका छन् , तस्करीको बारेमा बारम्बार समाचार लेखेको निउ मा,! भिश्वाबाट तस्करी गर्न लागेको मदिरा बोकेका भारतथिए नम्बर पलेट को ३ वटा मोटरसाइकल १ थान पल्सर रंग रातो – मोटरसाइकल, – १ थान अपाचे रंग बुल्लु , – र मोटरसाइकल एसपेलेन्डर १ थान रंग कालो, मोटरसाइकल हरूमा मा लोड रहेको केन ( बियर ) र ( कस्तुरी ) मदिरा सहितको सामान बरामद,भएको छ,! पर्साका छिपहरमाई गाउँपालिका वडा नं ५ को प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले समातेका छन् ! र सशस्त्र बि.ओ.पी. मुख्य दर्शक बनेका छन् !
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles