Saturday, April 19, 2025

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

ताजा / भरखरै प्राप्त

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको थियो ।

Previous article
थाइल्याण्डलाई जित्न नेपालले १०६ रन बनाउनुपर्नेमलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डलाई हराउन १०६ रन बनाउनुपर्ने भएको छ ।बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो।सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो। नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।१७औं ओभरमा पूजा महतोले काजल श्रेष्ठबाट क्याच आउट गराउँदै यो साझेदारी तोडिन् । चान्यमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles