Saturday, August 16, 2025

लुटपाट गर्ने गिरोह मोरङ प्रहरीको नियन्त्रणमाविराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा मोटरसाइकल, सिटी रिक्साका यात्रु र पैदलयात्रीलाई लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । गिरोहलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले अपरेसन सिरा ब्राभो हन्ट यूनिट परिचालन गरेको बताएको छ ।मोरङको बुढीगंगा-५ कोयलपुरमा पैदल हिँड्दै गरेका स्थानीय तीन जनालाई पेस्तोल, लाठी र रड देखाएर लुटपाट प्रयास गर्ने गिरोहका नाइके रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गिरोहका नाइके बुढीगंगा-४ का रिजवानसहित दुहवी-४ का नसुदिन मियाँ, दुहवी-१ का मोहमद अलिम मुर्तुजा, दुहवी-६ का मोहमद आलम, बुढीगंगा-५ का नजरुल मियाँ र बुढीगंगा-४ का सिजाम आलम छन् ।

ताजा / भरखरै प्राप्त

रिजवान मियाँ २०६४ देखि २०७९ सम्ममा विभिन्न १० वटा आपराधिक घटनामा संलग्न भएको पुष्टि भएको मोरङ प्रहरीले बताएको छ । उक्त समूहबाट प्रहरीले चिनियाँ पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड, दुई मोटरसाइकल, स्मार्ट फोन ११ थान र नगद एक लाख ७५ हजार २७५ रुपैयाँ बरामद गरेको जनाएको छ । उक्त समूहले मोरङको झोराहाटमा मोटरसाइकलमा सवार तीन जना, मोरङकै वेलुपुरमा सिटी रिक्सा र यात्रु, ग्रामथानको गिदनी पुलमा मोटरसाइकल यात्री, सुनसरीको दुहवी-८ कदमगाछीमा महिलालाई पेस्तोल र रड देखाएर नगद, गहना र मोबाइल लुटेको प्रहरीले जनाएको छ ।त्यसैगरी मोरङको ग्रामथान-५ तेतरीयमा मोटरसाइकल चालकलाई, सुनसरीको दुहवीको बुद्धचोक, सुनसरीका गढी र दुहवी इनरुवा खण्डमा, मोरङको वेलबारी-२ थापाचोक, सुनसरीको बर्जुका विभिन्न स्थानमा पेस्तोल र रड देखाएर मोटरसाइकल, सिटी रिक्सा र पैदलयात्रुलाई लुटपाट गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

Previous article
Next article
अवैध लागूऔषधसहित छ जना पक्राउकञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही नगरपालिका-३ मोतिपुर बस्ने २५ वर्षीय हरिश रेग्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०३ ००१ प ०४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हरिशलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ ग्राम ८५ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-२ वालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सन्जीव चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-१० खयरडाँगी शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अशोक नेम्वाङ र सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३० वर्षीया दिपा चौधरी रहेका छन् । लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले अशोकलाई २ सय मिलिग्राम उक्त पदार्थ तथा नगद ४ हजार रूपैयाँसहित र दिपालाई १ ग्राम ५ सय ५० मिलिग्राम उक्त पदार्थ तथा ३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित कैलाश गाउँपालिका-१ जल्की बस्ने ३५ वर्षीय गणेश थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको बा.६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई पक्राउ गरेको हो ।सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।साभार
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles