सबै दल मिलेर कोशी प्रदेश सरकार बचाउनुपर्छ : गगन थापानेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै दल मिलेर कोशी प्रदेश सरकार बचाउनुपर्ने धारणा राखेका छन् ।दलहरुले सरकार बनाउँदा विधिलाई उल्लंघन गरेका कारण अदालतसम्म पुगेको र अदालतबाट सच्याउने अवसर प्राप्त भएको थापाको भनाइ छ । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै थापाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दल मिलेर सरकार बनाउनु उपयुक्त हुने उल्लेख गरे ।कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन एमालेले प्रस्ताव अघि सार्नुपर्ने थापाको भनाइ थियो ।