बिरगंज ,२५ भदौ ।
यातायात ब्यवस्था कार्यालय पर्सामा भएको मोटरसाइकल ट्रयालमा पास गरेको ब्यक्तिलाई जानी जानी फेल गराईएको आरोप डा.सुशील कुमार साहले लगाएका छन् ।
उनका अनुसार मैले सबै प्रक्रिया पूरा गरि पास गरेको तर एलो लाईनमा छोएको दोष लगाई फेल गराईएको गुनासो गरेका छन् ।
सुशील कुमार साहले आफुलाई डाक्टर तथा विवेकशिल साझा पार्टीको मधेस प्रदेश जिल्ला अध्यक्ष बताएका छन् ।
सो सम्बन्धमा यातायात ब्यवस्था कार्यालय पर्साको ट्रायल प्रमुख बबिता जयसवालसंग सम्पर्क गर्दा ” परिक्षार्थि
सुशील कुमार साहले एलो लाईन टच गरेको कारण फेल भएका छन् तर पनि हामी सिसिटिबी क्यामारा हेरि यस् सन्दर्भमा आधिकारिक निर्णय लिन्छौ” बताएकी छिन।
