Monday, April 21, 2025

सत्तारुढ घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संवैधानिक व्यवस्थामा परिवर्तन आवश्यक रहेको बताए । उनले सरकार गठन प्रक्रिया त्रुटिपूर्ण भएको बताए ।

ताजा / भरखरै प्राप्त

सोमबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान संशोधन गरेर शासकीय स्वरुपलाई जनताको पक्षमा ल्याउनुपर्ने बताए । उनले सरकार गठनसम्बन्धी व्यवस्थामा पाँछ चरण पार गर्नुपर्ने व्यवस्था व्यवहारिक नरहेको बताए ।

‘बहुदलीय व्यवस्थामा बहुमत ल्याउने दलले सरकार बनाउने हो, त्यसो हुन नसके दलहरु मिलेर बहुमतको सरकार बनाउँछ , तर एक जनाले सरकार बनाउन सक्ने व्यवस्था व्यवहारिक छैन’ यादवले भने, ‘दलहरु मिलेर त सरकार गठन गर्न नसकेका बेला एक जना सांसदले कसरी बनाउन सक्छ, नहुने कुरा हो यो ।’ यादव समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गर्ने सन्देशसभामा वक्ताको रुपमा सहभागी हुन विराटनगर पुगेका हुन् ।

निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक रहेको उनले बताए । संविधान संशोधन गरेर सरकार गठन र निर्वाचण प्रणाली सच्याउनुको विकल्प नरहेको उनको भनाइ थियो । सरकार गठन प्रक्रियाबारे संविधानमा गरिएको व्यवस्थाका कारण कोशी प्रदेशमा गत पुष महिनायता ४ वटा सरकार बनिसकेका छन् । अहिलेका सरकार पनि टिक्ने आधार देखिँदैन ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
मोर्चाको मिसन समाजवाद हो, यसैबाट भ्रष्टाचार र असमानता अन्त्य हुन्छ : माधवकुमार नेपाल
मोर्चाको मिसन समाजवाद हो, यसैबाट भ्रष्टाचार र असमानता अन्त्य हुन्छ : माधवकुमार नेपाल
भदौ २५, २०८० सोमबार

कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउन खोजिएको छ : प्रधानमन्त्री
कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउन खोजिएको छ : प्रधानमन्त्री
भदौ २५, २०८० सोमबार

नेपाललाई युक्रेन बनाउन खोजिएको विप्लवको तर्क

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles