साइकल नबुझाइकन प्रति माेटर साइकल २० हजारको दरले बार्गेनिङभिश्वाबाट तस्करी गर्न लागेको बियर – मदिरा बरामदबिरगंज । पर्साकाे भिश्वा नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ । यहाँको तस्करीकाे बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गरिरहेकाे छ । भदो २२ गते साझ ५ बजेको समयमा पर्साको भिस्वा नाकाबाट तस्करी गर्न लागेको २४ काटुन कैन बियर र १४ काटुन कस्तुरी मदिरा नेपाल प्रहरीले बरामद गरेको छ। पटक पटक तस्करीको सामान नेपाल प्रहरीले बरामद गरेको छ।भिश्वाबाट तस्करी गर्न लागेको मदिरा बोकेका भारतीय नम्बर ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। मोटरसाइकलमा लोड रहेको चटिको बोरामा बानेर राखेको रातो रंगको पल्सर , अर्को अपाचे रंगको बुल्लु र अर्को कालो रंगको एसपेलेन्डर मोटरसाइकलमा लोड रहेको केन बियर र कस्तुरी मदिरा बरामद भएको छ ! नेपाल प्रहरीले तस्करीकाे सामान वरामद गरेर भन्सार बुझाए पनि सामान सहित वरामद भएका माेटरसाइकल भने अझै भन्सार बुझाएको छैन । जबकि उक्त माेटर साइकलमा नै बियर र रक्सी वरामद भएको थियो । सामान भन्सार बुझाएर माेटर साइकल नबुझाइकन प्रति माेटर साइकल २० हजारको दरले बार्गेनिङ भैरहेको समेत थाहा भएको छ। यस सम्बन्धमा इप्रका पाेखरियाका प्रहरी निरीक्षकलाई प्रश्न गर्दा उनले आंफुले यस बिषयमा बुझ्ने बताए ।छिपहरमाई गाउँपालिका वडा नं ५ को प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले बियर र मदिरा समातेको हो । सशस्त्र प्रहरीकाे भिश्वाकाे सई र बिअाेपीका प्रहरी निरीक्षकलाई मिलाएर तस्करी गर्न लागिएको सामान प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले बरामद गरेको हो । उक्त मदिरा भारत सिक्टा घर भएका बब्लु सिहंकाे भएको पनि खुलेको छ।साेमबार राति भारत तर्फ तस्करी गर्न लागिएको अवस्थामा झण्डै ६ लाख बराबरको सामान नेपाल प्रहरीले बरामद गरेको थियो । सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गर्न लागिएको सामान नेपाल प्रहरीकाे प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरीलाई सुचना आएपछि उनीहरूले इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षकलाई जानकारी गराएपछि पाेखरियाकाे टाेलीले उक्त सामान बरामद गरेको थियो । भिश्वा बजारको लागि भनेर बिरगंजबाट सामान लैजाने र भिश्वा लगेपछि भारतीय नागरिक पप्पुले उक्त सामानको तस्करी गर्दै आइरहेका छन् । तस्करी गराउन सशस्त्र प्रहरीले लाइन दिएको समेत स्थानीय व्यवसायी बताउँछन् ।