डोल्पा । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ ।१६ दिनदेखि बेपत्ता रहेका गुल्मपति पण्डितको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ्ग चिन्ढेबगर नजिक भेरी नदीमा भेटिएको हो । दुईवटा ढुंगाको खोल्सामा शव फेला परेको थियो ।
भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।शब फेला परेको ठाउँबाटै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको छ।काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए

