Sunday, June 29, 2025

पोखराको बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका–४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई ललितलपुर प्रहरीले पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

रम्तेल समेतले ठगी गरेको भनी वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । उजुरीपछि रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरिरहेको बेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट आज पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की आजै पठाइएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles