Sunday, April 20, 2025

पर्सा जिल्लाभर र वीरगंजका एक दर्जन फर्ममा राजस्व अनुसन्धान विभागको छापा,लुज बिल दिएको आशंकावीरगंज। राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगंजका करिब एक दर्जन फर्महरुमा छापा मारेको छ। विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले गत मंगलबारदेखि शुक्रबारसम्म एक दर्जनभन्दा बढी पसलमा छापा मारेको हो।टोलीले खाता, कम्प्युटरको हार्डडिस्क लगायत लिएर गएको छ। हार्डवेयर एसोसिएसन वीरगंज पर्साका सचिव अनिल सर्राफका अनुसार विभिन्‍न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा लगेको हो।अनुगमन टोलीले वीरगंजको लिंकरोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपासरोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दी आइरन, आनन्द हार्डवेयरमा छापा मारेको थियो।विभागका महानिर्देशक नवराज ढुंगानाले काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकको संचालकको बयानका आधारमा अनुगमन गरेको बताए।उनका अनुसार वीरगंजका केही फर्मले लुज बिल दिएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाइएको हो। वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले आर्थिक मन्दीले मारका परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा राजस्वले दु:ख दिन थालेको बताए।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles