सर्लाही। सर्लाहीमा प्रहरीकै संरक्षणमा तस्करी भएपछि प्रदेश प्रहरीको टोलीले सामानहरू नियन्त्रणमा लिएको छ । शनिवार प्रदेश प्रहरीको टोलीले सर्लाहीको प्रहरी चौकी ब्रम्हपुरीको अगाडीबाट १५ लाख भन्दा बढी मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी ब्रम्हपुरीका प्रहरी सहायक निरीक्षक संजय रायको सेटिङमा तस्करहरूले लाईन पाएर भारतबाट भन्सार राजश्व छलि अवैध रुपमा नेपाल भित्रियाएको करिब १५ लाख भन्दा बढी मूल्य बराबरका किराना कस्मेटिक सामान, बच्चा एवं ठूला समेतका रेडिमेड कपडा, भारतीय धारा एवं जय हनुमान ब्राण्डका खानेतेलहरू बसमा लोड गर्न लागेको सामान प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्रहरी चौकी ब्रम्हपुरीकै अगाडीबाट नियन्त्रणमा लिएको हो ।
यस अघि राजश्व अनुसन्धान कार्यालय पथलैयाले हरिवन स्थित सन्तोष डिलरको गोदममा छापामारी गरी करोडौं मूल्य बराबरको राजश्व छलिका सामानहरू नियन्त्रणमा लिएपछि केही दिनकालागि तस्करी रोकिएको नाटक गरेपनि पुनः सर्लाही जिल्लाका सिमानाकाहरुबाट तस्करहरु सन्तोष डिलर भनी चिनिने किराना समाग्रीको निर्वाध तस्करी गर्दै आएका छन भने विजयले कपडा र सुर्तीको अवैध चोरी पैठारी गरिरहेका छन ।
कपडाकै अवैध कारोवारमा जिल्लाका हिरिया/जिरियाका समुह सहित सिमावर्ती भारतीय नागरिक विजय/पुकार समुहले पनि दैनिक करोडौ मूल्य बराबरको कपडा भन्सार राजस्व छली गरी नेपाल भित्रियाउने गरेको श्रोतको दावी छ ।त्यस्तै भाइलोग भन्ने अर्का समुहले नेपालबाट चाइनिज लगायत फौरन गुड्स सामग्रीहरु भारत तर्फ अवैध रुपले लैजाने गरेको श्रोतले जनाएको छ ।
यसरी नै हासिम, उमेश, महेश, इन्दल यादव, प्रगास यादव, विजय साह, भगत जी, हुशेनी, सरिता चौधरी, रिता, माधव लगायतले कपडा भारतबाट अवैध रुपले भन्सार राजस्व छली गरी सिमावर्ती क्षेत्रमा रहेका प्रहरीका इकाइहरुका प्रमुखको सहकार्यमा नेपाल भित्रियाउने गरेका छन ।
त्यसै गरी विरेन्द्र, सुबोध, राजा र चौधरीले हार्डवेयर समाग्रीहरु अवैध रुपले पैठारी गर्ने गरेका छन भने विरेन्द्र साह, अशोक साह, राकेश साह र नविन सिंहले नेपालबाट कवाड भारत तर्फ लैजाने गरेका छन ।सीमा क्षेत्रका प्रहरी इकाईहरुमा परिचालित इन्चार्जहरुकै सहकार्यमा भैंसी, गाई, गोरु, रक्सी र कुखुराको अवैध ओसार पोसार सहजै रुपमा हुने गरेको छ ।
