Tuesday, October 22, 2024

बस्ती पसेर गाई मार्ने बाघ नियन्त्रणमानवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ मा चितवन राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटे बाघलाई नियन्त्रणमा लिएको छ ।बस्ती पसेर दुई वटा गाई मारेको बाघलाई स्थानीय र निकुञ्जको टोलीले गएराति नियन्त्रणमा लिएको हो ।यसअघि आइतबार राति सात महिनाको डमरु (बाघको बच्चा) नियन्त्रणमा लिएको थियो । लगत्तै गाउँमा फेरि बाघ पसेको आशंका पछि खोजी गर्दा बयस्क बाघ नियन्त्रणमा लिएको मध्यबिन्दु नगरपालिका-२ का वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए ।रातको समयमा हात्तीले घेरा हालेर ‘डाट’ गरी बाघ नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जनाए । नियन्त्रणमा लिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा लगिएको छ । एक हप्तामा यस क्षेत्रमा बाघले सात वटा पशु मारेको थियो ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles