Tuesday, October 22, 2024

दुई समूहबीचको विवादले झडपबाल सुधार गृह तनावग्रस्त

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।बाल सुधार गृहमा तनाव बढेको थाहा पाएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।‘उनीहरुबीच राति आपसमा विवाद भएको थाहा पाएपछि हामीले रोक्न खोज्यौं, त्यहीक्रममा प्रहरीमाथि ढुंगा–ईंटा प्रहार भएको थियो, अहिले भने अवस्था सामान्य छ,’ डीएसपी थापाले भने, ‘अहिले पनि प्रहरीहरु गेट बाहिर तैनाथ छन् ।’बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।त्यहाँ पहिल्यैदेखि रहेकाहरु र भक्तपुरबाट पठाइएकाहरुको समूहबीच विवाद हुँदा झडप भएको बताइएको छ ।

Previous article
Next article
बस्ती पसेर गाई मार्ने बाघ नियन्त्रणमानवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ मा चितवन राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटे बाघलाई नियन्त्रणमा लिएको छ ।बस्ती पसेर दुई वटा गाई मारेको बाघलाई स्थानीय र निकुञ्जको टोलीले गएराति नियन्त्रणमा लिएको हो ।यसअघि आइतबार राति सात महिनाको डमरु (बाघको बच्चा) नियन्त्रणमा लिएको थियो । लगत्तै गाउँमा फेरि बाघ पसेको आशंका पछि खोजी गर्दा बयस्क बाघ नियन्त्रणमा लिएको मध्यबिन्दु नगरपालिका-२ का वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए ।रातको समयमा हात्तीले घेरा हालेर ‘डाट’ गरी बाघ नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जनाए । नियन्त्रणमा लिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा लगिएको छ । एक हप्तामा यस क्षेत्रमा बाघले सात वटा पशु मारेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles