Tuesday, October 22, 2024

भारत एसिया कपको फाइनलमा

ताजा / भरखरै प्राप्त

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बन्यो ।
सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।
कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ बलमा अलआउट भयो ।
श्रीलंकाका लागि दुनिथ वेलालेजले अलराउण्ड प्रदर्शन गरेपनि जित दिलाउन सकेनन् । भारतलाई अलआउट गर्दा ५ विकेट र २ क्याच लिएका उनले ब्याटिङमा अविजित ४२ रन बनाए । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ४६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । तर अर्को छेउबाट विकेट जाँदा उनले टिमलाई जितसम्म पुर्‍याउन पाएनन् । यस्तै धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।श्रीलंकालाई भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २ विकेट लिए ।लगातार तेस्रो दिन खेलिरहेको भारतले त्यसअघि कप्तान रोहित शर्माको अर्धशतक मदतमा २१३ रन बनाएको थियो । उनले ४८ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । पहिलो विकेटका लागि रोहितले शुभमन गिलसँग ८० रनको साझेदारी गरेका थिए । त्यसपछि श्रीलंकन बलरले उत्कृष्ट प्रदर्शन गर्दा भारतले ब्याटिङमा संघर्ष गरेको थियो ।केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए । थिलले १९ रन जोडे ।
श्रीलंकाका लागि दुनिथ वेलालेजले १० ओभरमा ४० रन खर्चिएर ५ विकेट लिएका थिए । उनले शीर्ष ६ मा ब्याटिङ गरेका मध्ये इशन किसन बाहेक कप्तान शर्मा, ओपनर गिल, पूर्वकप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए ।चरिथ असलंकाले ९ ओभरमा १८ रन मात्र खर्चिएर ४ विकेट लिए । महेश थिक्सनाले १ विकेट लिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles