Wednesday, March 19, 2025

पकाहामैनपुरको धोरेबाट भारी मात्रा लागू औषध गाजा बरामद : – – पर्सा प्रहरीद्वारा भारी मात्रामा गाजा पक्राउ :

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय पोखरियाले १७३.५०० किलोग्राम लागू औषध गाँजा पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक मोहन बिक्रम के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार १२:३०को समयमा पाकाहामैनपुर गा.पा.वडा नं. १ धोरे बस्ने माधोलाल महतो कोईरीको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १७३.५०० किलोग्राम लागू औषध गाँजाको २० वटा पोका बरामद गरेको प्रहरीले जनाएको छ।

छापामारिको समयमा माधोलाल महतो कोईरी लगायत निजको घर परिवारको सदस्यहरु भागि फरार भएकोले निजहरूको खोजीकार्य भैरहेको उक्त सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको लागू औषधमुक्त जिल्ला ,लागू औषध नियन्त्रण तथा शुन्यकरणअभियानको परिणामस्वरुप प्रहरी उपरीक्षक शाहको निर्देशन तथा नेतृत्वमा पर्सा प्रहरीले यति ठुलो मात्रामा गाजा बरामद गरेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

Previous article
Next article
डाक्टरमाथि कुटपिटको आरोपमा २ जना पक्राउडाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् ।उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles