भक्तपुरमा वितण्डा मच्चाएपछि वीरगञ्ज पु¥याइएका बाल सुधार गृहका बालबालिकाले त्यहाँ पनि उत्पात मच्चाएका छन् । मंगलबार रातिदेखि उनीहरुले सुधार गृहमा तनाव सिर्जना गरेका थिए । मंगलबार बेलुका ८ बजेदेखि उनीहरुले विवाद झिकेपछि शुरु भएको तनाव केहि शान्त पारिएको प्रहरीले बताएको छ। स्थिति साम्य देखिए पनि प्रहरीले निगरानी गरिरहेको छ। भदौ ८ गते भक्तपुर सुधार गृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगञ्ज पठाइएको थियो ।


