Monday, June 30, 2025

आज बुबाको मुख हेर्ने दिन । सनातन हिन्दु परम्परामा कुशे औँशी भाद्र महिनाको अमावस्या(औंशी)का दिन मनाइने पर्व हो । यस दिनलाई कुशे औंशी, पितृ तर्पणी औंसी र गोकर्ण औंशी पनि भनिन्छ ।

ताजा / भरखरै प्राप्त

आजको दिन बुबालाई मीठा मीठा खानेकुरा खुवाएर र उपहार दिएर बुबाको सम्मान, सम्झनामा बुबाले गरेका त्याग, समर्पण र मायालाई स्मरण गर्दै बुबाको मुख हेर्ने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिनमा बुबा नभएका व्यक्तिहरूले आफ्नो बुबाको सम्झनामा श्राद्ध, पिण्डदान साथै पण्डितलाई सिदा, लुगा वा आफूखुशी दान दिने गर्दछन ।

यस दिनमा कुशलाई घरमा ल्याउने चलन छ । त्यसैले पनि यस दिनलाई कुसे औंशी भन्ने गरिन्छ । कुशलाई घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घर घरमै यही कुशे औंशीमा पुर्याउँछन् र यजमानहरुले पनि सिधा दक्षिणा आदिद्वारा पुरोहितलाई सम्मान गर्छन् । हिन्दु धर्मको दैनिकी र संस्कारहरु अन्त्यन्तै वैज्ञानिक मानिन्छन् ।

(मेरो पावर हो बुबा)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles