Monday, June 30, 2025

दिवंगत एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास चन्द्र नेम्वाङप्रति प्रधानमन्त्री प्रचण्ड लगायत राजनीतिक दल शीर्षस्थ नेताहरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ताजा / भरखरै प्राप्त

बिहीबार बिहान साढे ११ बजे बालुवाटार निवासबाट नेम्बङको पार्थिव शरीरलाई पशुपति पुर्याइएको हो । त्यहाँ पु्रयाइएपछि हिन्दू धार्मिक संस्कार अनुसार चित्तामा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यसपछि, मन्त्रीहरु, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरू, विशिष्ट व्यक्तिहरूले आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेम्वाङको पार्थिव शरीरलाई मंगलबार बिहानदेखि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको थियो । त्यसपछि किरात संंस्कार अनुसार श्रद्धाञ्जलीका लागि बिहीबार बिहान साढे ११ बजेसम्म निवास बालुवाटारमा राखिएको थियो ।

मंगलबार राति घरमै बेहोस भएर ढलेका नेम्वाङको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राति ३ बजे निधन भएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा नेता, कार्यकर्ता, र सर्वसधारण गरी हजारौंको संख्यामा उपस्थित भएका छन् । मन्त्रिपरिषदको निर्णयअनुसार नेम्वाङलाई अन्त्येष्टिमा राजकीय सम्मान अर्पण गरिएकाे छ । २०६४ र २०७० को दुवै संविधानसभामा अध्यक्ष रहेका नेम्वाङ पछिल्लो समयमा इलाम २ बाट प्रतिनिधिसभा सदस्य दिए ।

राजनीति
समाज

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles