Monday, June 30, 2025

भक्तपुर बाल सुधारगृहमा तनाव उत्पन्न भएपछि दुई सातापहिले पर्साको वीरगन्जस्थित बाल सुधार पुर्याइएका बालकैदीलाई पुनः भक्तपुर ल्याइने भएको छ ।

ताजा / भरखरै प्राप्त

भक्तपुरको सानो ठिमीस्थित रहेको बाल सुधार गृहमा भदौ ३ मा रामेछापका कमल बस्नेतको मृत्यु घटनालाई लिएर गृहमा कैदीहरुले विरोध प्रदर्शन र तोडफोड गरेर २०० भन्दा बढी बालकैदी गृहबाट बाहिर निस्केर लाठी, रड लिएर सडकमा निस्किएका थिए । बस्नेतको मृत्यु प्रशासनले समयमै उपचार नगरिदिँदा अनाहकमा ज्यान गएको भन्दै उपचार, खानेकुरा र बस्ने स्थान व्यवस्थित गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनबाटै फरार भएका उनीहरुलाई प्रहरीले उपत्यकाबाट पक्राउ गरेको थियो । त्यसपछि १८ बालकैदीलाई सरुवा गरेर वीरगन्ज पुर्याइएको थियो ।

त्यहाँ पुगेपछि वीरगन्ज सुधार गृहमा पनि खाने, बस्ने र सुत्ने विषयमा उत्पन्न भयो र त्यहाँ पहिल्यैदेखि राखिएका कैदीहरुले अन्यत्र लैजान माग गर्दै विरोध पद्रर्शन गरे । मंगलबार रातभर गृहभित्र दुवै पक्षबीच झडप भयो र भवनमा तोडफोड चल्यो । त्यसक्रममा भक्तपुरबाट लगिएका ११ जना कैदी घाइते भए । ३ प्रहरी पनि घाइते भएका थिए । बाल सुधारगृह भित्रका पर्खाल, ढोका, झ्याल, खानेपानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौना लगायतमा क्षति पुगेको छ ।

झडपपछि १५ जनालाई बुधबार दिन र रातभर स्थानीय प्रशासनले अलग्गै स्थानमा राख्यो । त्यसपछि आज भएको छलफलपछि १५ कैदीलाई भक्तपुर नै फिर्ता पठाउने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने अडान लिएपछि फिर्ता पठाउने भएको हो । यसमा भक्तपुरले पनि फिर्ता ल्याउन सहमत भएको छ । वीरगन्ज र भक्तपुरका सुधार गृह प्रशासन सुधारगृहभित्र बिजुली, खानेपानी, सरसफाई, निःशुल्क स्वास्थ्य उपचारको उचित व्यवस्था गर्न सहमत भएको जनाइएको छ ।

वीरगञ्जको बाल सुधार गृहमा पहिल्यैदेखि १३१ जना बालकैदी रहँदै आएका छन् । सुधार गृहको क्षमता भने ६० जनामात्रै रहेको छ । विभिन्न अपराध कसुरमा अदालतबाट फैसला हुदाँ बालिग रहेका कैदीहरु अहिले २५÷२६ वर्ष उमेरका भएका छन् । अदालतबाट फैसलाले मात्र उनीहरुलाई कारागारमा राख्न सकिन्छ ।

प्रशासन
मधेश प्रदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles