सरकारले चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात गर्ने भएको छ । उक्त परिमाणको चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट दिएको अर्थ मन्त्रालयले जनाएको छ । चिनी आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब भने १५ प्रतिशत मात्रै भन्सार तोकिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । उक्त परिमाणको चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन र साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन आयात गर्ने छ ।
