Tuesday, October 22, 2024

भारतलाई एसिया कप क्रिकेटको उपाधिकाठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए ।श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।पहिलो ओभरमै जसप्रित बुमराहले कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।सिराजले पहिलो बलमा पथुम निसानका, तेस्रो बलमा सदिरा समराविक्रमा, चौथो बलमा चरिथा असलंका र छैटौं बलमा धनन्जय डा शिल्भालाई आउट गरे । उक्त ओभरमा धनन्जयले सिराजलाई एक चौका प्रहार गरेका थिए ।खेलको छैटौं ओभरमा सिराजले श्रीलंकाका कप्तान दसुन सनाकालाई बोल्ड गर्दै करियरमै ओडीआई खेलमा पहिलो पाँच विकेट लिए । त्यतिबेलासम्म श्रीलंकाले १२ रन बनाउदा नै ६ विकेट गुमाइसकेको थियो ।१२औं ओभरमा सिराजले कुल मेन्डिसलाई बोल्ड गरे । त्यसपछि हार्दिक पाण्ड्याले लगातार तीन विकेट लिए । सुपर फोरमा भारतविरुद्ध अलराउण्ड प्रदर्शन गरेका युवा खेलाडी डुनिथ वेलालेजलाई हार्दिकले विकेटकिपर केएल राहुलबाट क्याचआउट गराए ।त्यसपछि हार्दिकले १६ औं ओभरको पहिलो र दोस्रो बलमा प्रमोद मधुसानर मथिशा पाथिरानालाई आउट गरे ।यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
तीनकुने सामूहिक हत्याकाण्डसञ्जय भण्डारी पक्राउकाठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो ।तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । त्यहाँ उनको साथीको घर थियो ।राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए । तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरी परिसर टेकुका एक अधिकृतले जानकारी दिए ।प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ ।शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरी स्रोतले बताएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles