Tuesday, October 22, 2024

सरकारको नेतृत्वबारे सत्ता गठबन्धनको सबैभन्दा ठूलो नेपाली कांग्रेसभित्र फरक मत छ । संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता डा.शेखर कोइराला केही दिन यता सत्ता गठबन्धनलाई कायमै राखेर सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने विषयमा जोड दिँदै आएका छन् । देशभित्र सबैखाले हस्तक्षेप बढेको र यसैका कारण देशमा पुनः विद्रोह हुनसक्ने भन्दै उनले कांग्रेसकाे नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

ताजा / भरखरै प्राप्त

पार्टीको केन्द्रीय समितिको बैठकपछि कोइरालाले सत्ता गठबन्धनलाई कायमै राखेर पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिराखेको ठाउँमा कांग्रेसका सभापति शेरबहादुर देउवा वा अरू कोही हुनुपर्ने बताउँदै आएका छन् । कोइरालाले सरकार परिवर्तनको मुद्दालाई जोडतोडका साथ उठाउन थालेपछि उनको भनाइको विपक्षमा संस्थापन पक्षका शीर्ष नेताहरू डा. शशांक कोइराला र विमलेन्द्र निधि लगायत लागेका छन् । प्रचण्ड नेतृत्वको सरकारप्रति गरम देखिँदै आएको कांग्रेस संस्थापन पक्ष कोइरालालाई काउण्टर दिँदै नरम बन्न थालेको छ ।

नेपाल प्रेस युनियनले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता विमलेन्द्र निधिले अहिले सरकारको नेतृत्व परिवर्तन गर्न आवश्यक नरहेका बताए । निधिले यस अघि प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्दै आएका थिए । उनले गठबन्धन सरकारमा समस्या रहे पनि सरकारको नेतृत्व परिवर्तनको सम्भावना नरहेको बताए । धेरै दल मिलेर सरकार बनेका कारण सामान्य समस्या हुनु स्वाभाविक रहेको उनको भनाइ छ ।

पूर्व सहमतिअनुसार नै गठबन्धनको सरकार अगाडि बढ्नुपर्ने भनाइ राखेका निधिले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्ने र त्यसपछि मात्र कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाएपछि शेखर कोइरालाले सरकारको नेतृत्व फेर्नुपर्ने मत राखेका थिए । केन्द्रीय समितिको बैठक पछि हरेक मञ्चमा कोइरालाको यही भनाइ छ कि सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।

कोइरालाको भनाइलाई काउण्टर दिँदै निधिले भने, ‘राजनीतिमा मोर्चाबन्दी गर्नु स्वाभाविक हो । दलीय गतिविधि गर्दैमा आत्तिनुपर्ने अवस्था होइन । कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुराको कुनै सम्भावना छैन । संसद र सरकार दुवैमा राजनीतिक स्थिरता हुनुपर्छ । कांग्रेस नेतृत्वमा अहिले सरकार बन्दैन । कांग्रेसको मान्यता संसद पूर्ण अवधिसम्म चल्नुपर्छ भन्ने हो । संसद रहे मात्र राजनीति स्थिरता रहन्छ ।’ नेपालमा राजनीति स्थिरता पेचिलो देखिएको प्रति भने उनले सहमति जनाए ।

यस्तै सभापति शेरबहादुर देउवाको टीमबाट आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका नेता डा. शशांक कोइरालाले पनि सरकार परिवर्तनको सम्भावना नरहेको बताउन थालेको छन् । राजनीतिक कार्यक्रममा चितवन पुगेका उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए । उनले त प्रचण्ड नेतृत्वको सरकार आगामी पाँच वर्षसम्म नै जाने बताएका छन् ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको भन्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए । नेकपा एमाले र नेकपा माओवादी बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले बताए । अब कांग्रेस एक्लै हिँड्नुपर्ने धारणा राखेका शशांकले प्रचण्डलाई पाँचै वर्ष सरकार चलाउन दिनुपर्ने पनि बताए । उनले सरकारको नेतृत्व गर्नुभन्दा पनि कांग्रेस प्रतिपक्षको भूमिकामा बस्नुपर्ने बताए । सच्चा कांग्रेसले कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज आएकाे उनले बताए ।

ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने अभिव्यक्ति निरन्तर राख्दै आएका शेखर कोइरालाप्रति यतिबेला प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा सशंकित बनिरहेका छन् । सभापति देउवाले शेखरको भनाइलाई काउण्टर दिनुपर्ने भनेपछि शशांक र निधिले शेखरको धारणालाई काट्ने गरी बोल्न थालेको कांग्रेस नेताहरू बताउँछन् । शेखर कोइरालाले केही राजनीतिक मुद्दाहरूको उठान गर्दै त्यसलाई स्थापित गराउने प्रयास पनि गरिरहेका छन् ।

संस्थापन इतर समूहबाट नेता अर्जुननरसिंह केसीले पनि सरकारका कामबारे प्रश्न उठाइरहेका छन् । भ्रष्टाचारले ग्रस्त समाजमा सुशासन कायम हुन नसक्ने भन्दै सरकारप्रति सोच्ने बेला आएको आइतबारको एक कार्यक्रममा पनि नेता केसीले उठाएका छन् । उनले अहिले राजनीतिक दलहरूप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्थामा सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

केसीले कांग्रेसले द्वन्द्व नियन्त्रणका लागि कदम चाल्नुपर्ने धारणा राखेका छन् । अहिले सम्पूर्ण राजनीतिक दलहरूप्रति एकपछि अर्को वितृष्णा पैदा भइरहेको छ । हामी सुशासनको कुरा गछौँ । भ्रष्टाचारविहिन समाजमा मात्र सुशासन सम्भव छ । जहाँ भ्रष्टाचारले व्याप्त समाजमा सुशासन कायम हुन सक्दैन । अहिले चारैतिर भ्रष्टाचार र सामाजिक द्धन्द्ध समाजमा फैलाउन खोजिन थालेको छ, यो अवस्थाबारे ठूलो दलको हैसियतले कांग्रेसले जिम्मेवारी लिनुपर्छ, उनले भनेका छन् ।

अहिले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रीकरणको सट्टा समग्र राजनीतिकरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको, समाजमा बहसको सट्टा विवादकाे अवस्था सिर्जना भएको उनको भनाइ छ ।

कुनै पनि देशका नागरिक अनुशासित हुनका लागि त्यो देशमा सुशासन हुन जरुरी रहेको उनले बताए । अहिले नेपाली समाज अनुसाशनहिनताकाे चरम बाटोमा गएको बताउँदै केसीले मान्छेले मान्छेलाई खुकुरी प्रहार गर्ने अवस्था आइसकेको र त्यसलाई निर्मुल पार्न सरकार लाग्नुपर्ने बताए । ‘जनतालाई अनुशासनको निम्ति जबसम्म त्यो देशमा सुशासन हुँदैन त्यो दिनसम्म जनतामा अनुशासन हुँदैन । हामी अनुशासनहिनताको चरम बाटोमा छौँ, यसको नियन्त्रण कांग्रेसले मात्र गर्न सक्छ र गर्नुपर्छ ।

ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कोइरालाको अभिव्यक्ति राजनीतिक बृतमा निकै पेचिलो बनिरहेको छ । सत्ता गठबन्धनका मुख्य नेताहरूको स्वार्थका कारण भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आम जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई–दुई पटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको लगायत मुद्दा उठाएर शेखरले सरकारको नेतृत्व बदल्नुपर्ने सार्वजनिक भनाइ राखिरहेका छन् ।

यही भनाइले पछिल्लो समय देउवासँग उनको दूरी बढ्दै गइरहेको नेताहरू बताउँछन् । पार्टीमा आफ्नो प्रतिकूल अवस्थाका बाबजुद पनि शेखरले गठबन्धनभित्रै संशय पैदा गराउने गरी सरकारको नेतृत्व बदल्ने कुरा उठाएका छन् । तर, सभापतिले नचाहेसम्म तत्काल गठबन्धन परिवर्तन हुने वा यही गठबन्धनमा नेतृत्व बदल्ने सम्भावना कम छ । सरकारका काम कारबाहीले जातीय द्वन्द्व निम्त्याउने र राजनीतिक दलप्रति अझै निराशा सिर्जना गरेकाले विकल्पको विषय गम्भीरता साथ उठाइरहेको उनी पक्षका नेताहरू बताउँछन् ।

केदार भट्टराई (काका)
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
राष्ट्रियसभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा
राष्ट्रियसभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा
भदौ ३१, २०८० आइतबार

महालेखा परीक्षकको कार्यालयले फछ्र्यौट हुन नसक्ने भनेको बेरुजु अध्ययनका लागि ९ वटा उपसमिति गठन
महालेखा परीक्षकको

Previous article
Next article
भारतलाई एसिया कप क्रिकेटको उपाधिकाठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए ।श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।पहिलो ओभरमै जसप्रित बुमराहले कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।सिराजले पहिलो बलमा पथुम निसानका, तेस्रो बलमा सदिरा समराविक्रमा, चौथो बलमा चरिथा असलंका र छैटौं बलमा धनन्जय डा शिल्भालाई आउट गरे । उक्त ओभरमा धनन्जयले सिराजलाई एक चौका प्रहार गरेका थिए ।खेलको छैटौं ओभरमा सिराजले श्रीलंकाका कप्तान दसुन सनाकालाई बोल्ड गर्दै करियरमै ओडीआई खेलमा पहिलो पाँच विकेट लिए । त्यतिबेलासम्म श्रीलंकाले १२ रन बनाउदा नै ६ विकेट गुमाइसकेको थियो ।१२औं ओभरमा सिराजले कुल मेन्डिसलाई बोल्ड गरे । त्यसपछि हार्दिक पाण्ड्याले लगातार तीन विकेट लिए । सुपर फोरमा भारतविरुद्ध अलराउण्ड प्रदर्शन गरेका युवा खेलाडी डुनिथ वेलालेजलाई हार्दिकले विकेटकिपर केएल राहुलबाट क्याचआउट गराए ।त्यसपछि हार्दिकले १६ औं ओभरको पहिलो र दोस्रो बलमा प्रमोद मधुसानर मथिशा पाथिरानालाई आउट गरे ।यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles