लागूऔषधसहित तीन जना व्यक्ति नियन्त्रणमासुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ मारिया पुल नजिकैबाट भाद्र २८ गतेसशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएकाहरु सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ७ बस्ने अल्तापआलम, याहया आलम र सोही गाउँपालिका ६ बस्ने अरवाज आलम छन् ।सुरक्षा वेश भुटाहाले जाँच गर्दा उनीहरुले बोकेको झोलामा २२ हजार ७ सय५० वटा ट्रमाडोल हाईड्रोक्लोराई ट्याब्लेट फेला परेपछि नियन्त्रणमा लिएकोहो ।नियन्त्रणमा लिएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागिजिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।