Friday, March 14, 2025

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोधनेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष पदमा चतुरबहादुर चन्दले निरन्तरता पाएका छन् । अध्यक्षका अर्का प्रत्याशी विनय राजभण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्दले ४ वर्षका लागि पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । चन्द योसहित तेस्रो पटक क्यानको अध्यक्ष बनेका छन् ।अध्यक्ष चन्दकै प्यानलबाट क्यानको उपाध्यक्ष पदका लागि रोशन सिंह र सचिव पदका लागि पारस खड्काले मनोनयन दर्ता गराएका छन् ।नयाँ कार्यसमित चयनका लागि आज क्यानको निर्वाचन हुँदै छ । नयाँ नेतृत्व चुन्नका लागि बानेश्वरस्थित एभरेष्ट होटेलमा निर्वाचनको प्रक्रिया थालिएको छ ।क्यानले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिकाअनुसार आजै दिउँसो साढै १२ बजेदेखि मतदान हुनेछ भने मतदान समाप्त भएपछि नै मतगणना सुरु हुने जनाइएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles